सर्वोच्चको फैसलालाई विनय तामाङको स्वागत

दार्जीलिङ, 3 अप्रेल


सर्वोच्च न्यायालयले विमल गुरुङ र रोशन गिरीहरूको याचिकामाथि सुनाएको फैसलालाई विनय तामाङले स्वागत जनाए। उनले सर्वोच्च न्यायालयलाई धन्यवाद पनि दिए। चुनाउ प्रचारका लागि विमल गुरुङहरूले गरेको याचिकालाई सर्वोच्चले खारेज गरेकोमा आफूहरू हर्षित बनेको त यसै खुशीमा दार्जीलिङमा पटेकासमेत पड्काएको विनय तामाङले बताए।

‘यदि विमल गुरुङहरू दार्जीलिङ आउन पाएको भए, यहाँ फेरि अशान्ति हुने थियो। स्थिति गम्भीर बन्नेथियो,’ तामाङले भने, ‘किनभने विगतमा उनीहरूकै कारण दार्जीलिङ पहाड़ अशान्त बनेको थियो। यहाँको व्यापार-वाणिज्य सबै डाँवाडोल बनेका थिए। यसैले उनीहरू यहाँ आएको भए फेरि त्यस्तै स्थिति फर्किएर आउने निश्चित थियो।’’

तामाङले सर्वोच्च न्यायालयले उनीहरूको अग्रिम जमानतरो अर्जीलाई खारेज गरेर पहाड़लाई पुनः अशान्त हुनबाट जोगाएको दाबी नै गरे। विमल गुरूङ, रोशन गिरी, आशा गुरूङ अनि विमल गुरूङका छोरा अविनाश गुरुङविरूद्ध वर्ष 2017-मा आन्दोलनको समय धेरैवटा आपराधिक मामला दर्ता भएको तामाङले बताए।

‘केही दिनअघि विमल गुरूङले एक अडियो जारी गरेर चुनाउको लागि प्रचार गर्न दार्जीलिङ पहाड आउने बताउँदै जमानतका लागि सर्वोच्च न्यायालयमा एक अर्जी दर्ता गरेको बताएका थिए। यसमाथि हिजो पनि सुनवाई भएको थियो भने आज पनि भयो। जसमा सर्वोच्च न्यायालयको एक खण्डपीठले यो मुद्दालाई खारेज गरिदिएको छ,’ खुशी व्यक्त गर्दै तामाङले भने, ‘यसको लागि कलकत्ता उच्च न्यायालयमा अग्रिम जमानतको लागि अपील गर्नपर्ने साथै अपील गरिएपछि सम्बन्धित क्षेत्रको लोअर अदालतले उच्च अदालतलाई सर्टिफाइ कपी र एनओसी दिएपछि मात्रै उच्च न्यायालयले यो मुद्दालाई स्वीकार गर्ने पनि निर्देश दिएको छ। सर्वोच्च न्यायालयको यो निर्देश भारतीय जनता पार्टीलाई पनि गत्तिलो थप्पड़ हो।’

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया