विमल गुरुङका स्वागतमा जानेहरूलाई बाटोबाटोमा रोक्दै पुलिस

सिलगढी, 4 अप्रेल


गोजमुमो विमल गुरुङ समूहले बताएअनुसार कालेबुङबाट विमल गुरुङको स्वागतमा जानेहरूलाई सेभोक थाना अनि दार्जीलिङ, खरसाङबाट आउनेहरूलाई सुकनामा पुलिले रोकेर राखेको छ। अघिबाट नै छिर्नेहरूलाई एयरपोर्टबाट बाहिर निकालिरहेको पनि मोर्चापक्षले बताएको छ।

उनीहरूले जनाएअनुसार विमल गुरुङका समर्थकहरूलाई रोक्न चारैतिर पुलिस चलायमान रहेको छ। कुनै पनि गाडीमा झण्डा देख्नसाथ पुलिसले गाडी रोकेर राखिरहेको उनीहरूले बताइरहेका छन्। समर्थकहरूले पुलिसलाई प्रश्न गर्दा ‘माथिबाट नै रोक्ने निर्देश’ रहेको बताइरहेको पनि उनीहरूले बताइरहेका छन्। यता रोहिनीको बाटो पुलिसले बन्द गरेको खबर छ।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया