जिएसएसएसले जनायो राजु विष्टलाई समर्थन:  गोर्खाल्याण्ड विरोधीलाई रोक्न राजुलाई जिताउन अनिवार्य-किरण बिके

‘गोर्खा र गोर्खाल्याण्डको कट्टर विरोधी पार्टी तृणमूललाई गोर्खाको प्रतिनिधि हुनबाट रोक्न नै जिएसएसएसको पहिलो प्राथमिकता हो,’ बिकेले भनेका छन्, ‘यदि तृणमूलले जितेर गएको खण्डमा गोर्खाहरूको अस्तित्व सङ्कटमा पर्ने बुझेर नै यो निर्णय लिइएको हो।’


सिलगढी, 4 अप्रेल


जिएसएसएसले दार्जीलिङवासी गोर्खाहरूको भावना र जनाकांक्षालाई ध्यानमा राख्दै यसपालीको चुनाउमा भाजपा प्रार्थी राजु विष्टलाई समर्थन गरेको जिएसएसएसका अध्यक्ष किरण विकेले विज्ञप्ती जारी गरेर बताएका छन्।

‘गोर्खा र गोर्खाल्याण्डको कट्टर विरोधी पार्टी तृणमूललाई गोर्खाको प्रतिनिधि हुनबाट रोक्न नै जिएसएसएसको पहिलो प्राथमिकता हो,’ बिकेले भनेका छन्, ‘यदि तृणमूलले जितेर गएको खण्डमा गोर्खाहरूको अस्तित्व सङ्कटमा पर्ने बुझेर नै यो निर्णय लिइएको हो।’

यद्धपि, जिएसएसएस साझा उम्मेदवारको पक्षधर भए पनि अन्तिम क्षणसम्म प्रयास गरे पनि पहाडको मत गोर्खाल्याण्डपन्थीहरूबीच नै बाँडिएकोले गोर्खाहरूको हत्यारा तृणमूललाई निर्मूल गर्न यो कदम उठाएको पनि बिकेले जनाएका छन्।

चुनाउबेला मात्र नभएर चुनाउपछि पनि जिएसएसएसले गोर्खाहरूको समस्याको निराकरणको लागि क्षेत्रीय पार्टीहरूसित मिलेर काम जारी राख्ने भन्दै विष्टलाई सबै पार्टी र जनताले जिताएर गोर्खाल्याण्ड विरोधी शक्तिलाई नष्ट गरिदिने आह्वान गरेका छन्।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया