बाघडोगरा एयरपोर्टमा विमल समर्थकहरूको भीड : पुलिस सतर्क: अशान्तिको सम्भावना व्यापक : विमल पक्राउ पर्ने सम्भावना

विमल गुरुङलाई कालो झण्डा देखाउन विभिन्न क्षेत्रमा विनय समूह समर्थकहरू उत्रिएको खबर पनि छ। एयरपोर्टमा निक्कै तनाउपूर्ण स्थिति बनेको छ। बताइएको छ, विमल गुरुङलाई एयरपोर्टमा नै पुलिसले पक्राउ पनि गर्न सक्छ। तर मानिसहरूको भीड यति बढेको छ कि पुलिसलाई नियन्त्रण गर्न धेरै गाह्रो परिरहेको छ।


सिलगढी, 4 अप्रेल


बाघडोगरा एयरपोर्टमा विमल गुरुङको स्वागतमा व्यापक भीड उर्लिएको छ। भीडदेखेर पुलिसको होस् उठ्न तालेको छ। सिलगढी मेट्रोपोलिटेन्ट पुलिस र दार्जीलिङ पुलिसको भीड पनि ह्वात्तै बढेको छ। यता विनय समूहका नेता छिरिङ दाहाल पनि एयरपोर्ट पुगेकी छन्। उनले भनिन्, ‘म विमल गुरुङलाई प्रश्न गर्न आएकी हुँ। जुन अशान्ति विमल गुरुङले गरे फेरि त्यस्तो हिंसा हामी हुन दिन चाहँदैनौं। विरोध जनाउन आएका हौं।’

उनले विमल गुरुङको आगमनलाई खुलेर प्रतिरोध जनाउन आफ्ना समर्थकहरूसित भेला भएको जनाएकी छन्।

विमल गुरुङलाई कालो झण्डा देखाउन विभिन्न क्षेत्रमा विनय समूह समर्थकहरू उत्रिएको खबर पनि छ। एयरपोर्टमा निक्कै तनाउपूर्ण स्थिति बनेको छ। बताइएको छ, विमल गुरुङलाई एयरपोर्टमा नै पुलिसले पक्राउ पनि गर्न सक्छ। तर मानिसहरूको भीड यति बढेको छ कि पुलिसलाई नियन्त्रण गर्न धेरै गाह्रो परिरहेको छ।

यता, रोशन गिरीले विज्ञप्ती जारी गरेर 2 बजी आफूहरू आइपुग्ने अनि मिडियालाई त्यही समय इदिने अपील गरेका छन्। धेरैवर्षपछि घर फर्किरहेको भन्दै उनले सबैलाई स्वागतमा आइदिने अपील पनि गरेका छन्। यता एयरपोर्टमा पुलिसले कडा सुरक्षा अप्नाएको छ। विभिन्न ठाउँबाट आइरहेका विमल समर्थकहरूलाई रोक्न पुलिसले रौचिरा अभियानसमेत चलाइरहेको छ।

एक विमल समर्थकले बताएअनुसार पुलिसले बाटोबाटै विमल समर्थकहरूलाई खेद्ने काम गरिरहेको छ। धेरै समर्थकहरू पुलिसको कारण एयरपोर्ट पुग्न पाइरहेका छैनन्। गाडी आधाबाटोमा नै रोकेर टुक्रे गाडीमा मानिसहरू एयरपोर्ट गइरहेका छन्।

विमलगुरुङले 12.30 र 2 बजीको एयर टिकट काटेका छन्। उनी कतिबजी आइपुग्ने हो अहिलेसम्म कुनै निश्चित छैन। तर दिनभरि नै एयरपोर्टमा अशान्तपूर्ण माहौल बन्ने सम्भावना रहेको छ। विमल समर्थकहरू धैर्यता अप्नाएर शान्तिपूर्ण बसेका छन्। यता विनय खेमा समर्थकहरू कालो झण्डा लिएर पुगेका छन्।

विमल र विनय समूहबीच कुनै पनि द्वान्द्व हुनसक्ने सम्भावना बढेको छ। यता मोर्चा प्रवक्ता बीपी बजगाईँले सबै समर्थकहरूलाई शान्ति बनाइराख्ने अनि कसैले पनि हिंसात्मक गरिविधि नगरिदिने अपील गरेका छन्। यता दार्जीलिङबाट आइपीएस मनोज वर्मा टिमसितै पुगेका छन्, कुनै पनि अधिकारीले खुलेर केही बोलेका छैनन्।

‘हामीले धेरै सल्लाह विमर्शपछि विमल गुरुङहरूलाई पहाड ल्याएका हौं। पार्टी र अध्यक्षले अब सबै जोखिम मोलेका छन्,’ बजगाईँले भनेका छन्, ‘कानूनी, राजनैतिक र कुटनीतिकरूपले तयारी भइसेपछि नै जनतालाई भेट्न विमल गुरुङ आइरहेका हुन्। विमल गुरुङहरू जनता र मुद्दा  कै लागि आन्दोलनमा गए, जनता र मुद्दा कै कारण भूमिगत बने र जनता र मुद्दा कै लागि सारा जोखिम मोलेर आफ्नो माटोमा फर्किरहेका हुन्। उनलाई जनता र मुद्दाले नै बचाउनेछ।’

बजगाईँअनुसार विमल गुरुङहरूले सर्वोच्च न्यायालयको निर्देशलाई सम्मान गर्दै चारदिनभित्रमा उच्च न्यायालयमा अग्रिम जमानतको लागि याचिका दर्ता गर्न आएका हुन्। याचिकाको ड्राफ्ट बनिसकेको छ। विमल गुरुङहरूले पहाड आइपुग्साथ वकालतनामामा हस्ताक्षर गर्नेछन्। त्यसपछि कि त कोलकाता उच्च न्यायालय कि त जलपाइगढीको सर्किट बेञ्चमा याचिका दर्ता गर्नेछन्।

विमल गुरुङ असुरक्षित हुँदैनन्? भन्ने प्रश्नको उतरमा बजगाईँले भने, ‘उनी आफ्नै पार्टीका गद्दार र तृणमूलका पेरोल कर्मचारीहरूबाहेक कसैसित असुरक्षित छैनन्। विमल गुरुङ कानूनलाई सम्मान गरेर आइरहेका छन्। जस्तोजस्तो परिस्थिति आउँछ, हामी त्योसित लड्दैलड्दै अघि बढ्नेछौं।’

विमल गुरुङको समर्थनमा केवल पहाडबाट मात्र होइन दिल्ली, आसाम, नर्थइष्ट, कोलकाता, मनिपुरबाट पनि एयरपोर्ट आइपगेका छन्। यता गोरामुमो समर्थकहरू पनि एयरपोर्ट पुगेका छन्। विमलको स्वागतमा पुलिसको बाधा खपेर भए पनि 10 हजार समर्थक भेला हुनसक्ने मोर्चा नेचाहरूले बताइरहेका छन्। पुलिसले विमलका समर्थकहरूलाई बाटोमा नै रोकेर राखेका छन्। एयरपोर्टको बाहिर धेरै समर्थकहरूलाई पुलिसले रोकेर राखेका छन्।


बाघडुगरामा पुलिस तैनाथ


सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया