विमल र रोशनको विरोधमा विनयसमूहको पोष्टरिङ

सिलगढी, 4 अप्रेल


गोर्खा जनमुक्ति मोर्चाका अध्यक्ष विमल गुरुङ र महासचिव रोशन गिरीको विरोधमा विनय तामाङ समूहले दार्जीलिङको चोकबजारमा पोस्टरिङ गरेको छ। पोस्टरमा लेखिएको छ, ‘गोर्खाल्याण्डको नाममा घर उजाड़ पार्नेहरू तिमीहरूलाई जनताले पहाड़मा छिर्न दिने छैनन्।’ त्यस्तै अर्को पोस्टरमा लेखिएको छ, ‘गोर्खाल्याण्ड लिन दिल्ली बस्नेहरू कुन मुखले खाली हात फर्किँदैछौं।’

युवा मोर्चाको नाममा टाँसिएको पोस्टरमा पहाड़मा अशान्ति भए विमल गुरुङ र रोशन गिरी जिम्मेवार हुने बताइएको छ भने ‘विनय तामाङ र अनित थापा समयको माग र विमल गुरुङ र रोशन गिरी जनताले छोड़ेको बासी भात’  भनिएको छ। त्यस्तै विमल गुरुङलाई दिल्लीको एजेन्ट बताउँदै मुर्दाबादको लेखिएको छ।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया