दुइको पक्राउ, आएनन् विमल गुरुङ : ‘विमल पहाड आएकै राम्रो’-विनय समूह

इन्डिको एयरमा 2.25 बजी बाघडोगरा एयरपोर्ट आइपुग्नेगरी 9 जनाको नाममा टिकट काटिएको थियो। विमल गुरुङ, रोशन गिरी, अनमोल थापा, निमा तामाङ, सन्जीव सुवेदी, फुब नाम्ग्याल भोटिया, योगेन्द्र प्रधान, बिद्रोमान गोले अनि बालकृष्ण थापा।  यी मध्ये योगेन्द्र प्रधान मात्र बाघडोगरा झरे। उनीसितै रोहन राई पनि आएका थिए। उनीहरूलाई झर्ने बित्तिकै पुलिसले पक्राउ गरेर फाँसीदेवा पुलिस थाना लागेको छ। अन्य दिल्लीमा नै छन्। पक्राउ हुने सम्भावनालाई केन्द्रमा राख्दै उनीहरू दिल्लीमा नै बस्न बाध्य बनेको बताइएको छ।


सिलगढी, 4 अप्रेल


इन्डिको एयरमा 2.25 बजी बाघडोगरा एयरपोर्ट आइपुग्नेगरी 9 जनाको नाममा टिकट काटिएको थियो। विमल गुरुङ, रोशन गिरी, अनमोल थापा, निमा तामाङ, सन्जीव सुवेदी, फुब नाम्ग्याल भोटिया, योगेन्द्र प्रधान, बिद्रोमान गोले अनि बालकृष्ण थापा।

यी मध्ये योगेन्द्र प्रधान मात्र बाघडोगरा झरे। उनीसितै रोहन राई पनि आएका थिए। उनीहरूलाई झर्ने बित्तिकै पुलिसले पक्राउ गरेर फाँसीदेवा पुलिस थाना लागेको छ।

अन्य दिल्लीमा नै छन्। पक्राउ हुने सम्भावनालाई केन्द्रमा राख्दै उनीहरू दिल्लीमा नै बस्न बाध्य बनेको बताइएको छ। विमल गुरुङहरूलाई सर्वोच्च न्यायालयले 4 दिन भित्रमा कोलकाता उच्च न्यायालयमा अग्रिम मानतको लागि याचिका गर्दा गर्नु भनेको छ। कोलकाता उच्च न्यायालयलाई पनि शीघ्र नै उनीहरूको याचिकामाथि सुनवाई गर्न सर्वोच्चको निर्देश छ।

तर गुरुङहरू बाघडोगरा एयरपोर्ट आउन नै पाएनन्। मोर्चाका प्रवक्ता बीपी बजगाईँअनुसार विमल गुरुङ कोलकाता उच्च न्यायालयको शाखा जलपाइगढी सर्किट बेञ्चमा याचिका दर्ता गर्ने तयारीमा थिए। यसैको निम्ति विमल गुरुङहरू पहाड आइरहेका थिए तर दिल्लीदेखि नै बङ्गाल पुलिसले विमल गुरुङहरूलाई पछ्याएको अनि हजारौंको संख्यामा बाघडोगरामा पुलिस बस थुपारेको कारण विमल गुरुङहरू पहाड आउन सकेनन्।

यता विनय तामाङ समूहका नेता अनित थापाले विमल गुरुङबारे आफूहरू टाउको नदुखाउने बताएका छन्। ‘विमल गुरुङ आउनु नआउनुबारे सोचेर हामी समय खेरो फाल्न चाहन्नौ,’ अनित थापाले भने, ‘हामी हाम्रै लक्ष्यमा कुद्छौं।’

यता सोही समूहका नेता भुवन खनालले पनि विमल गुरुङ पहाड आउनु नआउनुले आफूहरूलाई केही फरक नपर्ने बताए। ‘विमल गुरुङ आयो भने आफ्नो पक्ष र विनय पक्षमा कति जनता छन् भन्ने  थाहा हुन्छ,’ खनालले भने, ‘विमल पहाड आएकै राम्रो।’

 

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया