बङ्गालले दार्जीलिङलाई आफ्नो भन्यो तर दार्जीलिङेलाई आफ्नो ठानेनः परिमल भट्टचार्य

गान्तोक, 4 अप्रेल।  दार्जीलिङलाई बङ्गालले जहिले आफ्नो अभिन्न अङ्ग मानेर ब्रिटिसकालिन साम्राज्यवादको धङधकीमा रहिरहे पनि दार्जीलिङमा बस्ने दार्जीलिङेलाई आफ्नो मान्न नसकेको कारण समस्या भएको बहुचर्चित लेखक परिमल भट्टचार्यले मन्तव्य व्यक्त गरेका छन्।

उनले 105 दिने दार्जीलिङ बन्दकाल र दार्जीलिङको राजनैतिक माहोलबारे प्रश्नसितै उनको चर्चित पुस्तक ” नो पाथ इन दार्जीलिङ इज स्ट्रेथः मेमोरिज अफ् ए हिल टाउन “-मा उल्लेखित दार्जीलिङको गाडे घाउ जस्तो राजनैतिक समस्याबारे सोधिएको प्रश्नमा यसप्रकारको मन्तव्य व्यक्त गरेका हुन्। पेशाले शिक्षण गर्ने लेखक भट्टचार्य बङ्गाल र अङ्ग्रेजी भाषामा आख्यान लेख्छन्। उनको अधिकांश पुस्तक चर्चामा रहेका छन्।

लेखक परिमल भट्टचार्य गान्तोकको रचना बुक्सले आयोजन गरेको उनको नयाँ पुस्तक “बेल्स अफ् साङ्ग्रिलाः स्कलर्स, स्पाइस, इनभेण्डर्स इन टिबेट”-बारे आयोजित पुस्तक चर्चामा सिक्किमे कवि टासी छोपेलसित कुराकानी गरिरेहका थिए। उनले आफ्नो जेठो पुस्तक ” नो पाथ इन दार्जीलिङ इज स्ट्रेथः मेमोरिज अफ् ए हिल टाउन ” प्रकाशन र त्यसमा आफूले दार्जीलिङको जनाकांक्षाबारे उल्लेख गरेको कुरामाथि कवि छोपेलले प्रश्न राख्दा बन्दको समयमा पनि केवल केही पर्यटकहरूको समस्यालाई प्रचारमा ल्याउने गरेको तर त्यहाँ बस्ने रैथानेहरूको अवस्था र चाहनालाई कहिलेसम्मान नभएको पनि उल्लेख गरे। पर्यटकहरू कसरी पनि आफू बाँचेर निस्कन सक्छन तर त्यहाँ बस्नेहरूको विषयमा के सोच्छन् तर त्यो सम्पूर्ण बङ्गाली समुदायको सोच नभएको पनि बताए। उनले ब्रिटिसकालदेखि कलकत्ताले भारतलाई हेर्ने मानसिकता स्वाधिनता पछि आफ्नो हैकम हराए पनि दार्जीलिङलाई भने अझै कलोनीको रूपमा हेर्ने एउटा मानसिकताले पनि यस्तो भए तर सहीमा हो भने दार्जीलिङलाई मात्र होइन तर दार्जीलिङेलाई पनि आफ्नो मान्न नसक्नुको समस्या पनि रहेको बताए।

यसरी नै आफ्नो पछिल्लो पुस्तक “बेल्स अफ् साङ्ग्रिलाः स्कालर्स, स्पाइस, इनभेण्डर्स इन टिबेट”-मा सिक्किम र तिब्बतको समेत सन्दर्भ केलाएको कुराहरूको व्याख्यान पनि गरे। जसमा विशेष रूपले तिब्बतलाई ब्रिटिसकालिन भारतले हेर्ने अवस्था अनि त्यसबारे बुझ्ने प्रयासमा चालेको विभिन्न कदमहरूलाई पुस्तकमा प्रष्ट्याउने प्रयास गरेको बताए। जसमा दार्जीलिङमा ब्रिटिसले भोटिया युवाहरूलाई शिक्षण केन्द्र स्थापित गरिदिएर उनीहरूलाई गुप्तचरको प्रशिक्षण दिएर तिब्बत पठाउने व्यवस्था गरको कुराहरूलाई उजागर गरेको कुरा उल्लेख गरे। तिब्बत सधैँ विश्वको निम्ति चासोको विषय भएको बेला तिनताक झनै  गुमनाम अवस्थामा हुँदा जान्न चाहनेहरूको इच्छा प्रबल रहेको कुरा उल्लेख गरे।

भट्टचार्यको नयाँ पुस्तक “बेल्स अफ् साङ्ग्रिलाः स्कालर्स, स्पाइस, इनभेण्डर्स इन टिबेट” मा उत्तर सिक्किममा निक्कै चर्चामा रहेको अलेकजान्ड्रा डेविड निल र उनको रोमान्सेली कथाहरूलाई पनि पुस्तकमा उठान गरेको विषयमा प्रष्ट्याउने कार्य गरे। जसले पहिलो पल्ट कुनै महिलाले तिब्बत प्रवेश गरेका थिए।उनको सिक्किमे राजा सिडक्योङ टुलकुसितको कम चर्चामा रहेको रोमान्सेली कुराहरूलाई पुस्तकमा चर्चा उठाएको कुरालाई पनि कार्यक्रममा उपस्थित पुस्तक प्रेमीहरूलाई साझा गरेका थिए। यसैगरि सिक्किमे किन्थुप लेप्चालाई कसरी गुप्तचरको रूपमा यार्लुङ साङपो-ब्रह्मपुत्रको सर्वेक्षणको निम्ति पठाइएको थियो भन्ने गुप्त कुराहरूलाई पनि पुस्तकमा उल्लेख गर्दै चर्चामा उठाएको कुराहरूलाई लेखक भट्टाचार्यले बताएका थिए।

बुधबार साँझ रचना बुक्समा आयोजित पुस्तक चर्चा कार्यक्रममा चर्चित आख्यानकार चेतनराज श्रेष्ठ, अऩुवादक अधिवक्ता अनमोल प्रसादसमेत राजधानी गान्तोकका श्रेष्ठ साहित्यप्रेमीहरूमा गणना हुने व्यक्तित्वहरूको बाक्लो उपस्थिति रहेको थियो।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया