सिङ्ताम बजारमा जी. एम. गुरुङको दोस्रो चरणको चुनाउ प्रचार अभियान सम्पन्न

सिङ्ताम, 4 अप्रेल। युवा नेता जी. एम. गुरुङले 17 खाम्दोङ सिङ्ताम क्षेत्रका विपक्षी पार्टीका समर्थकहरुलाई आफ्नो चुनावी प्रचार अभियानको क्रममा विशेष सम्बोधन गर्दै भनेको छन्, यसपालीको चुनाउमा पनि छैटौंपल्ट गरीबको सरकार, एसडीएफ सरकार आउँदैछ, जो पनि विपक्षी पार्टीहरुको दीघभ्रमित कुराहरुमा लागेर बाटो बिर्सेर अल्मलिएर बस्नुभएको छ तपाईहरु सबै समयमै सबैलाई माया गर्ने, इज्जत-सम्मान गर्ने अनि शान्ति र सुरक्षा दिने हाम्रो एसडीएफ पार्टीमा फर्किआउने अपील गर्दछु। उनले एसडीएफ पार्टीको सरकार गठन भएपछि पश्चताप गर्नुभन्दा अघिनै सठीक समयमा नै बाटो भूलिएका जनताहरु एसडीएफ पार्टीमा फर्किआएर सबै एकजुट र एकमतमा क्षेत्र र क्षेत्रवासीको हितमा काम गरे एकदमै राम्रो हुने बताएका छन्। एसडीएफको सरकार फेरि गठन भएपछि विपक्षीको मनगड़न्ते कुराहरुमा अल्मलिनेहरु कसैलाई धोका नहोस, उनीहरुले पश्चताप गर्नु नपरोस भनी उनीहरु समयमै फर्किएको अशल हुने बताएका छन्। एसडीएफ पार्टी उम्मेद्वार जी. एम. गुरुङले सिङ्ताम नगर पञ्चायत, युवा-चेली अनि पार्टीका कर्मठ एंव वरिष्ठ कार्यकर्ताहरुको सहभागितामा आज सिङ्ताम बजारमा दोस्रो चरणको चुनावी प्रचार अभियान चलाए। यस चुनाउ अभियानमा एक हजारभन्दा अधिक एसडीएफ पार्टीका समर्थक एंव कार्यकर्ताहरुको सहभागिता रहेको थियो। उम्मेद्वार श्री गुरुङले सिङ्ताम बजारका व्यापारीहरुका दोकान-दोकान, घर-दैलोमा पुगेर एसडीएफ पार्टीलाई भोट दिने अपील गरे। सिङ्ताम बजारका व्यापारीहरुले जी. एम. गुरुङलाई टिकट दिएकोमा सबै व्यापारीहरुसहित सिङ्तामका विभिन्न संघ-संस्था, सबै जात-जातिका मानिसहरु, एनजीओहरु सबै-सबै नागरिकहरु खुशी भएको अनि श्री गुरुङलाई सहयोग गरेर, पूरा समर्थन जनाउँदै चुनाउमा भारी मतले विजयी गराउने वचन दिएका छन्। उक्त अभियानमा पहिलोचोटि व्यापारी समुदायका महिलाहरु पनि सड़कमा उत्रिएर एसडीएफ पार्टी र उम्मेद्वार जी. एम. गुरुङको चुनावी प्रचार अभियानमा सामेल भएकी थिइन्। 90 प्रतिशत सिङ्तामवासी एंव व्यापारी समुदायहरुले आगामी 11 अप्रेलको दिनको मतदिवसलाई पर्खिएर बसेको अनि मतदानको दिन समाजसेवी एंव युवा नेता जी. एम. गुरुङलाई विजयी गराउन छाताको चिन्हमा बटन दबाउने बताएका छन्। -नन्दु दूतराज
सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया