अमरसिंह राईको पक्षमा बोल्न आउने ममता व्यानर्जी

सिलगढी, 5 अप्रेल


आज मुख्यमन्त्री ममता व्यानर्जीले सिलगढीको हाँसखोवा चिया बागानमा हुने जनसभालाई सम्बोधन गर्नेछिन्।  उनी हिजै डुवर्स घुमेर सिलगढी आएकी हुन्।

उनी दार्जीलिङ सिटमा उठेका आफ्नो उम्मेदवार अमरसिंह राईको पक्षमा बोल्न एकी हुन्। पर्यटन मन्त्री गौतम देवले अमरसिंह राईलाई जिताउन मुख्यमन्त्रीको जनसभा महत्वपूर्ण रहेको बताए।

उनले भनेअनुसार 10 अप्रेलको दिन मुख्यमन्त्री उत्तर दिनापुरको दासपाड़ा हाईस्कूल मैदानमा हुने जनसभामा पुग्नेछिन्।

11 अप्रेल दार्जीलिङको चौरस्ता, 13 अप्रेल सिलगढीको बाघाजतीन पार्कमा हुने जनसभामा बोल्नेछिन्।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया