22 मार्चदेखि म पार्टीसित सम्पर्कमा छैन : अमर लामा

‘म जापमा नै छु, तर म चुनाउमा मात्र सक्रिय नभएको हुँ,’ लामाले भनेका छन्, ‘मलाई जापको मेनिफेस्टोबारे केही थाहा छैन। ड्राफ्ट कमिटीमा को को छन्, त्यो पनि थाहा छैन। मैले 22 मार्चको दिन पार्टीलाई मलाई छुट्टी दिनुपर्छ भनेदेखि यता म पार्टीसित सम्पर्कमा पनि छैन। जापको चुनावी गतिविधिबारे मलाई थाहा छैन।’


सिलगढी, 5 अप्रेल


जन आन्दोलन पार्टी बिस्तारै फुट्दै गइरहेको हो कि भन्ने सङ्केत पाइएको छ। जसरी डा. महेन्द्र पी. लामा जापबाट हराए उसरी नै अमर लामा पनि हराउने सम्भावना चुलिएको छ। किन भने जाप नेता अमर लामा हर्कको पक्षमा सक्रिय नरहेको लामा आफैले खुलाएका छन्।

उनले आफू पार्टीमा नै रहेको तर लोकसभा चुनाउबाट भने पर बसेको उनले बताएका छन्। ‘मेरो चाहना थियो, साझा उम्मेदवार होस्, त्यसो हुनसकेन,’ लामाले एक संवाद माध्यमसितको अन्तरवार्तामा भनेका छन्, ‘त्यही कारण म लोकसभा चुनाउमा म सक्रियरूपले भाग लिन्न।’

लामाको पार्टीको उम्मेदवार डा. हर्कबहादुर छेत्री हुन्। तर लामा हर्कको पक्षमा प्रचारमा उत्रने पक्षमा छैनन्। लामा जापको व्युरो सदस्य हुन्। यस्तै सदस्य डा. महेन्द्र पी. लामा पनि हुन्। डा. लामाले जापबाट राजिनामा दिएका छैनन्। तर जापमा सक्रिय पनि छैनन्।  जसरी डा. लामा विस्तारै जापबाट निष्क्रिय बनेका छन्, अब पालो अमर लामो हो कि भन्ने छनक पाइएको छ।

‘म जापमा नै छु, तर म चुनाउमा मात्र सक्रिय नभएको हुँ,’ लामाले भनेका छन्, ‘मलाई जापको मेनिफेस्टोबारे केही थाहा छैन। ड्राफ्ट कमिटीमा को को छन्, त्यो पनि थाहा छैन। मैले 22 मार्चको दिन पार्टीबाट मलाई केही समयको निम्ति छुट्टी दिनुपर्छ भनेदेखि यता म पार्टीसित सम्पर्कमा पनि छैन। जापको चुनावी गतिविधिबारे मलाई थाहा छैन।’

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया