मलाई इन्काउन्टर गर्ने षडयन्त्र थियो, जनताकै आग्रहमा म नआएको हुँ- विमल गुरुङ

‘विनय, अनित, आलोक, छिरिङहरूजस्ताले जातिलाई मास्ने काम गरेका छन्। उनीहरूलाई 18 तारिक व्यालेटबाट जवाब दिनुहोस्। म 22 महिना बाहिर बसेर पनि मैले जातिको लागि बाँचे, घुँडा टेकिनँ। जोन बारला, राजु विष्टलाई जिताउनुहोस्। तर तृणमूललाई एकै भोट पनि नदिनुहोस्। जसको तानाशाही राजनीतिले सबै छिन्नबिन्न गऱ्यो, त्यसको जवाब दिनुपर्छ। भाजपाबाट नै हाम्रो राजनीतिक समस्याको सामाधान हुन्छ। यसैर हामीले भाजपालाई जिताउनैपर्छ। हरेक चोटको जवाब व्यालेबाट दिनुहोस् भनेर अनुरोध गर्छु।’


 सिलगढी, 5 अप्रेल


आफ्ना समर्थकहरूलाई भने एयरपोर्टभित्र पस्नै नदिनु तर कालो झण्डा बोकेर विरोध गर्न छिरिङ दाहालहरूलाई पुलिसले दलबलसहित भित्र पसाउनु, दङ्गाफसाद गर्न उक्साउनु, गोर्खागोर्खाबीच झगडा पार्नु अनि यही मेसोमा आफूलाई फँसाएर इन्काउन्टर गर्ने बङ्गालको षडयन्त्र रहेको बुझेपछि आफू जनताको अनुरोधमा नै पहाड नआएको विमल गुरुङले खुलाएका छन्।

‘हामी त जलपाइगढी सर्किट बेञ्चमा अग्रिम जमानतको लागि याचिका दर्ता गर्न आएका थियौं। हाम्रो स्वागतमा 30 हजार भन्दा धेर जनता आएका थिए। तर कसैलाई पनि भेट्न दिइएन। पुलिसले चारैतिर व्यारिकेट लगाएर रोक्यो,’ एउटा भिडियो जारी गर्दै विमल गुरुङले भनेका छन्।

पुलिसले जनतालाई बाटोबाटोमा रोक्ने चलखेलले आफूमाथि पुलिसले रचेको गहिरो षडयन्त्रबारे जनाएको अनि पुलिसको यस्तो षडयन्त्रबारे उनलाई माया गर्ने सरकारभित्र कै मानिस र जनताले विभिन्न माध्यमबाट आफूलाई बताएको पनि गुरुङले बताएका छन्।

‘मलाई बाघडुगरा झर्ने वित्तिकै कुनै न कुनै षडयन्त्र गरेर, कुनै मुद्दामा फँसाउने रणनीति पुलिसले बनाएको थियो,’ उनले भनेका छन्, ‘छिरिङ दाहालहरूलाई कालो झण्डा देखाउन भने भित्र छिरायो। ताकी जनता आवेशमा आओस् र दङ्गाफसाद होस् र त्यसको दोष ममाथि खनाएर मुद्दा थोप्न सजिलो होस्। उनीहरूको यस्तो षडयन्त्र मैले दिल्लीबाट हिँड्दा नहिँड्दै थाहा पाइसकेको थिएँ।’

पुलिसको हरेक गतिविधिबारे आफूलाई सूचना आएको अनि जनता लगायत सबै नेताहरूलाई नै यसको भेउ रहेको बऩ्दै गुरुङले भनेका छन्,  ‘हाम्रा जनतालाई बाहिर राखेर किन छिरिङ दाहालहरूलाई भित्र छिरायो, त्यो षडयन्त्र हामीले चाल पाइसकेका थियौं। षडयन्त्र अनुसार नै पुलिसले हाइवे बन्द गऱ्यो, बाटोहरू सबै छेक्यो। ममाथि षडयन्त्र भइरहेको कुरा मलाई जनताले बारम्बार बताइरहेका थिए। उनीहरूले नै मलाई रोकेका हुन्।’

गुरुङले आफ्ना समर्थकहरूले नै आफूलाई नआउने आग्रह गरेको पनि बताएका छन्। ‘सबैले तपाईँ बाँचे मुद्दा बाँच्छ, तपाईँ नआएकै राम्रो हुन्छ भने। बरू हामी पिरमर्का सहन्छौं तपाईँ नरहे केही रहँदैन भने। म आउँदा उनीहरूले इन्काउन्टर गराउने षडयन्त्र थियो,’ गुरुङले भनेका छन्, ‘मलाई भगवानले बँचायो। दिल्लीमा पनि धेरै आइबीडिआईबीले फलो गर्दै थियो। मैले जनताको कुरा सुनें र आइन।’

उनले अझ भनेका छन्, ‘मलाई माया गर्ने, माटो र जातिको माया गर्नेहरूले मन नदुखाइदिने अपील गर्छु। सुप्रिम कोर्टको आदेशलाई बङ्गाल प्रशासनले अवमानना गरेर मलाई मार्ने षडयन्त्र गरेको थाहा पाएँ। बाँचेर नै काम गर्न पर्छ। अशान्ति नहोस् भनेर जनताकै आग्रहमा नआउने निर्णय गरें। अब म कानूनीरूपमा सबै कुरा छिनाफाना गरेर नै जनतासित भेटघाट गर्न आउनेछु।’

उनले  हिजोको घटनालाई सबैले छातीमा राखेर हिँड्ने अपील पनि गरेका छन्। ‘विनय, अनित, आलोक, छिरिङहरूजस्ताले जातिलाई मास्ने काम गरेका छन्। उनीहरूलाई 18 तारिक व्यालेटबाट जवाब दिनुहोस्। म 22 महिना बाहिर बसेर पनि मैले जातिको लागि बाँचे, घुँडा टेकिनँ। जोन बारला, राजु विष्टलाई जिताउनुहोस्। तर तृणमूललाई एकै भोट पनि नदिनुहोस्। जसको तानाशाही राजनीतिले सबै छिन्नबिन्न गऱ्यो, त्यसको जवाब दिनुपर्छ। भाजपाबाट नै हाम्रो राजनीतिक समस्याको सामाधान हुन्छ। यसैर हामीले भाजपालाई जिताउनैपर्छ। हरेक चोटको जवाब व्यालेबाट दिनुहोस् भनेर अनुरोध गर्छु।’

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया