एक हुनेलाई विमलको आभार : हर्क, ऋषिका र अजयलाई पनि अपील: भने- ‘फुटमा जातिको हार छ, एकतामा जातिको हित र सुरक्षा छ’

‘तृणमुल सरकारले पहाडबासीको मौलिक अधिकार अनि स्वतन्त्रताको खुलेआम हत्या गरिरहेको छ। यस्तो विकराल अवस्थामा पनि हाम्रा सम्पूर्ण राजनैतिक दल, सामाजिक सङ्घसंस्था अनि बुद्धिजीवीवर्ग अघि आएर जातिको अस्तित्व अनि स्वाभिमानको निम्ति एकरूपता देखाउन सक्नु साँच्चै हामी दलगत मत भिन्नता भए पनि जाति र माटो प्रति आइपरेको खण्डमा एउटै सिङ्गो जाति हुन सक्छौं भन्ने ठुलो सन्देश गएको छ,’ गुरूङले अझ भनेका छन्।


सिलगढी, 5 अप्रेल


गोर्खा जनमुक्ति मोर्चाले क्रामाकपा र आरबी राई र सहयोगी, जिएसएसएस, किरण बिके, अञ्जनी शर्मा भुजेल, बिनिता लेप्चा र सहयोगी, गोरानिमो पार्टीका अध्यक्ष दावा पाख्रिन र उनका पार्टीका समस्त कार्यकर्ता, कालेबुङ कृषक कल्याण सङ्गठन, बिष्णु छेत्रीलगायत सबै कृषक, सुमेटी मोर्चाका बिकास राई र सहयोगीलाई उम्मेदवार राजु विष्टलाई बिना स्वार्थ समर्थन गरेकोमा आभार प्रकट गर्दै विमल गुरूङले विज्ञप्ती जारी गरेका छन्।

‘आजको यो हाम्रो एकताले गोर्खाहरूको राजनैतिक इतिहासमा एउटा स्वर्णिम अक्षर अङ्कित गर्न सफल बनेका छौं। यो लोकसभा चुनाव कसै व्यक्ति बिशेषको निम्ति वा कुनै राजनैतिक दलको स्वार्थपूर्तिको निम्ति नभएर पहाड अनि हाम्रो गोर्खे सन्तानले भोग्न परिरहेको यातना गोर्खा जातिबाट खोसिएको मौलिक अधिकारहरूको विरूद्ध हो,’ विमल गुरूङले भनेका छन्।

उनले पहाडको अवस्था उत्तर कोरियाली जनताको जस्तो भएको भन्दै न त आम जनताले राज्य सरकारको कालो नितिको विरोधमा बोल्न पाउने न त लेख्ने स्थिति रहेको बताएका छन्।

‘तृणमुल सरकारले पहाडबासीको मौलिक अधिकार अनि स्वतन्त्रताको खुलेआम हत्या गरिरहेको छ। यस्तो विकराल अवस्थामा पनि हाम्रा सम्पूर्ण राजनैतिक दल, सामाजिक सङ्घसंस्था अनि बुद्धिजीवीवर्ग अघि आएर जातिको अस्तित्व अनि स्वाभिमानको निम्ति एकरूपता देखाउन सक्नु साँच्चै हामी दलगत मत भिन्नता भए पनि जाति र माटो प्रति आइपरेको खण्डमा एउटै सिङ्गो जाति हुन सक्छौं भन्ने ठुलो सन्देश गएको छ,’ गुरूङले अझ भनेका छन्।

जातिले न्याय नपाएसम्म यो एकरूपता टुट्न नहुने भन्दै गुरूङले यो एकता चुनावपछि पनि कायम रहनुपर्ने बताएका छन्।

‘हामी निवेदन गर्न चाहन्छौं जन आन्दोलन पार्टीका अध्यक्ष हर्कबहादुर छेत्री र सहयोगी, गल्फ पार्टीका उम्मेदवार ऋषिका छेत्री, युजिआरएफका अजय दाहाललाई आज समग्र जातिलाई परिआएको समयमा सबै एकै मञ्चमा खडा भएर गोर्खा जातिको हीतमा काम गरौं भन्ने अपील गर्छु,’ गुरूङले भनेका छन्, ‘गोर्खा जातिको अस्तित्व तहसनहस पार्ने राज्य सरकार अनि यसका भरौटेहरूको गलत मनसायलाई धराशायी बनाऔं, गोर्खा जातिको सुनौलो भविष्यको रेखा कोरौं। छोडिदिउँ हामी जातिलाई आइपरेको समयमा आ- आफ्नो राजनैतिक मतभेद, नगरौँ कसैले पनि जातिलाई परिआएको समयमा एकलौटी निर्णय। फुटेर होइन जुटेर सहिदहरूले दिएको उत्सर्गलाई सम्मान गरौं, लाखौं जनताको भावनालाई सम्मान गरौं। जुटौँ, हामी हाम्रो जाति माथि गरिएको अत्याचारको विरूद्धमा।
आज म होइन हामी भएर अगाडि बढ्नु छ, जात-जात भएर होइन जाति भएर लक्ष्य हासिल गर्नु छ।’

उनले  फुटमा जातिको हार रहेको अनि सबैको एकतामा जातिको हित र सुरक्षा रहेको बताउँदै भनेका छन्, ‘मलाई विश्वास छ, जाप पार्टीका अध्यक्ष हर्कबहादुर छेत्री, ऋषिका छेत्री, अजय दाहालले निश्चयनै जातिय हितमा कदम चाल्ने छन् अनि जनभावनाको सम्मान गर्नेछन्।’

 

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया