पहाडमा आगो लगाउने षडयन्त्र असफल गरिदिएँ-ममता व्यानर्जी

‘पहाडमा आगो लगाउने दिल्लीका नेताहरूको षडयन्त्र फेल गरिदियौं। पहाड र समतलबीच कुनै भेदभाव हुनु हुँदैन, यदि यस्तो भयो भने विकास सम्भव छैन। भाजपाका नेताहरूले पहाडमा आगो लगाउनबाहेक केही गरेका छैनन्। उनीहरूले नै आन्दोलन गर्न उक्साए, पहाडमा अशान्ति फैलाए,’ उनले भनिन्,  ‘मैले धेरै मुश्किलले पहाडमा शान्ति फर्काएको हुँ।  फेरि भाजपाले पहाडमा अशान्ति फैलाउने कोसिस गरिरहेको छ। तर म उनीहरूको प्रयास सफल हुन दिन्न।’


सिलगढी, 6 अप्रेल


ममता व्यानर्जीले दिल्लीका केही नेताहरूले पहाड र समतलबीच विवाद खडा गरेर पहाडमा आगो लगाउने कोसिस गरेको अनि त्यसलाई आफूले असफल बनाएको बताएकी छन्।

‘पहाडमा आगो लगाउने दिल्लीका नेताहरूको षडयन्त्र फेल गरिदियौं। पहाड र समतलबीच कुनै भेदभाव हुनु हुँदैन, यदि यस्तो भयो भने विकास सम्भव छैन,’ व्यानर्जीले भनिन्।

उनले पहाडबिना समतल अधुरो रहेको भन्दै पहाड र समतल मिलेर बस्नुपर्ने बताइन्। नक्सलबारीमा भएको जनसभामा अमरसिंह राईको पक्षमा बोल्दै मुख्यमन्त्रीले यसो भनेकी हुन्।

जनसभामा जीटीए चीफ विनय तामाङ, पर्यटन मन्त्री गौतम देव पनि उपस्थित थिए। जनसभाबाट व्यानर्जीले भाजपालाई जमेर गाली गरिन्। ‘भाजपाका नेताहरूले पहाडमा आगो लगाउनबाहेक केही गरेका छैनन्। उनीहरूले नै आन्दोलन गर्न उक्साए, पहाडमा अशान्ति फैलाए,’ उनले भनिन्,  ‘मैले धेरै मुश्किलले पहाडमा शान्ति फर्काएको हुँ।’

उनले फेरि भाजपाले पहाडमा अशान्ति फैलाउने कोसिस गरिरहेको बताइन्। ‘तर म उनीहरूको प्रयास सफल हुन दिन्न,’ उनले भनिन्।

भाजपाले देशसितै दार्जीलिङको लागि पनि केही नगरेको आरोप लगाइन्। ‘2014 मा मोदीले सिलगढीबाट गोर्खाल्याण्ड दिने बाचा गरेका थिए, खै दिएको?,’ उनले सोधिन्।

भाजपाले  दार्जीलिङ र उत्तरबङ्गालका बन्द चियाबारी खुलाउने बाचा गरेको तर बाचा ननिभाएको आरोप पनि लगाइन्।  जहिल्यै दिल्लीबाट चुनाउमा जित्न मान्छे पठाउने भन्दै यसपल्ट पनि भाजपाले त्यसै गरेको आरोप लगाउँदै उनले भनिन्, ‘यसपालि उनीहरूको उम्मेदवारले चुनाउ जित्यो भने पनि सांसद दार्जीलिङ आउने छैनन्। पहाडले हामीलाई भूमिपुत्र माग्यो, हामीले दियौं। अनरसिंह राई भनेको दार्जीलिङको भूमिपुत्र हुन्।’

आफू सरकारमा आएदेखि समतल र पहाडको खुब विकास गरेको भन्दै व्यानर्जीले भनिन्, ‘म केवल विकासको राजनीति गर्छु। यदि पहाडको आइडेन्टिटी माग हो भने म गर्छु, किन गर्दिन र।’

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया