मन घिसिङद्वारा पनि आभार : भने- गोर्खा जातिलाई टुटाउन,  फुटाउन लागि परेको शक्तिलाई जवाब दिने लोकसभा चुनाउ सुनौलो मौका

‘पार्टी भन्दा जाति ठूलो जाति भन्दा माटो ठूलो भन्ने मुल मन्त्रलाई सिरोपर गरेर अघि बढिरहेको छु। म अन्तसम्म काम गर्नेछु। यसको निम्ति मैले ठूला ठूला चुनौतिहरूको सामना गर्नुपर्छ,’ घिसिङले भनेका छन्, ‘तर म तयार छु। म भन्दा ठूलो मेरो गोर्खा जाति र माटो हो। यदि मेरो सानो बलिदानले यो गोर्खा जातिको आङमा न्यानो घाम लाग्छ भने म बलिदान दिन तयार छु।’


दार्जीलिङ, 6 अप्रेल


क्रान्तिकारी माक्र्सवादी कम्युनिस्ट पार्टी ( क्रामाकपा) र आरबी राईले ऐतिहासिक निर्णय गरेको भन्दै गोरामुमो प्रमुख मन घिसिङले आभार प्रकट गरेका छन्।   घिसिङले कालेबुङ कृषक कल्याण सङ्गठन,  सुमेटी मुक्ति मोर्चा , जीएसएस, एनजीसीलगायत जाति एकता देखाउने, भाईचारा , स्वभिमान,राजनैतिक गणतन्त्र पुनर्वहाली गर्न जुटेका सबै सङ्घसंस्थाप्रति पनि आभार प्रकट गरेका छन्।

‘मैले बिगतको दिनमा पनि आफ्नो दलीय स्वeर्थलाई पर सारेर जातीय एकताको निम्ति प्रयत्न गरेको हुँ। अझै पनि म र मेरो दलले सम्पूर्ण भारतभरि छरिएर बसोबासो गर्ने गोर्खाहरूलाई एकसुत्रमा बाध्न मेरो यो पहललाई जारी राख्नेछ,’ घिसिङले भनेका छन्।

उनले फुटेर, जुझेर दीर्घकालीन मुद्दाहरू फत्ते गर्न नसक्ने बताउँदै गोर्खा जातिलाई टुटाउन,  फुटाउन लागि परेको शक्तिलाई जवाब दिने लोकसभा चुनाउ सुनौलो मौका रहेको पनि बताएका छन्।

‘जबसम्म एउटै मनको भएर काम गर्दैनौं तबसम्म हामी सफल हुँदैनौ। गोर्खा जातिलाई चुनौतिहरू धेरै छन्।, चुनाव त आउँछ जान्छ तर जातिनै हारे हाम्रो महत्व के रहन्छ र?,’ घिसिङले अझ भनेका छन्, ‘मैले हाम्रो गोर्खा जातिको दीर्घकालीन मुद्दाहरू स्थायी राजनैतिक समाधानको  निम्ति राष्ट्रिय राजनैतिक दल  भारतीय जनता पार्टी समक्ष कुरा राखेकोछु। यति मात्र नभएर हाम्रो ७०% जनता जो चाहिँ  चियाबारीमा खटिखाने श्रमिकहरू छन् वहाँहरूको मूलभूत समस्याहरू छन् , त्यसलाई पनि प्रष्ट रूपमा राखेकोछु।’

घिसिङले पहाडका समस्याहरू सामाधान गोरामुमो एक्लैलेगर्न नसक्ने भन्दै समस्त राजनैतिक दलहरू र गोर्खा जाति, पहाड अनि तराई डुवर्समा बस्ने अन्य समुदाय मिलेर नै मुद्दाहरूलाई पारलगाउन सकिने पनि बताएका छन्।

‘पार्टी भन्दा जाति ठूलो जाति भन्दा माटो ठूलो भन्ने मुल मन्त्रलाई सिरोपर गरेर अघि बढिरहेको छु। म अन्तसम्म काम गर्नेछु। यसको निम्ति मैले ठूला ठूला चुनौतिहरूको सामना गर्नुपर्छ,’ घिसिङले भनेका छन्, ‘तर म तयार छु। म भन्दा ठूलो मेरो गोर्खा जाति र माटो हो। यदि मेरो सानो बलिदानले यो गोर्खा जातिको आङमा न्यानो घाम लाग्छ भने म बलिदान दिन तयार छु।’

उनले यसपालीको चुनाव, चुनाव नरहेर चुनौति रहेको भऩ्दै राष्ट्र हित, जातीय एकता , स्थायी राजनैतिक समाधान,  स्वभिमान, भाईचारा,  चिया श्रमिकहरूको हक र हित, पहाडमा गणतन्त्र पुनर्वहालीको निम्ति भाजपा उमेदवार राजु विष्टलाई बिजय गराइदिने अपील पनि गरेका छन्।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया