एएनएम नर्सहरूले  मुख्यमन्त्रीलाई दिए जीतको शुभकामना

गान्तोक, 6 अप्रेल।


सिक्किमको स्वास्थ्य विभागमा कार्यरत 1986-92 ब्याचका एएनएम नर्सहरूले मुख्यमन्त्री पवन चामलिङलाई आफूहरूको 10 वर्ष पुरानो लम्बित माग पुरा गरिदिएकोमा आभार प्रकट गरेका छन्। उनीहरूले पाँचवटा प्रमोशन छोडेर वेतनमानको माग गरिरहेको भए पनि विभिन्न प्रशासनिक कारणले गर्दा रोकिएको भए पनि अन्ततः सिक्किम सरकारले मुख्यमन्त्री पवन चामलिङको नेतृत्वमा लम्बित मागलाई पुरा गरिदिएको बताउँदै बिहिबार मुख्यमन्त्रीको सरकारी आवास मिन्तोगाङमा भेट गरेर सरकारको निर्णयको स्वागत गर्दै आभार प्रकट गरेका छन्।

एएनएम परिचारिकाको पक्षमा श्रीमती डीके परियारको नेतृत्वमा मिन्तोगाङमा मुख्यमन्त्री चामलिङलाई भेट गरेर आफूहरूको पुरानो माग पुरा गरिदिएकोमा सबै परिचारिकाहरू तर्फबाट आभार प्रकट गर्दै आउँदो विधानसभा चुनाउको निम्ति शुभकामना व्यक्त गरे।
अहिले राज्यभरिको विभिन्न स्वास्थ्य संस्थानहरूमा 165 जना एएनएम परिचारिकाहरू कार्यरत रहेका छन्।

श्रीमति परियारले एएएनएम नर्सहरूको पुरानो वेतनमान 5 हजार देखि ग्रेडेशन गरिदिएर 6 हजार 2 सय गरिदिने सरकारले निर्णय़ गरेको अनि गत 5 मार्च 2019 सालमा कार्मिक विभागले अफिस मेमोरेन्डम जारी गरेर सरकारले आफूहरूको माग स्वीकार गरेको पुष्टि भएपछि मुख्यमन्त्री प्रति आभारी रहेको बताइन्। यसैगरि उनले आउँदो चुनाउमा विजय बन्ने शुभकामना दिँदै उनकै क्षत्रछायामा आउँदो दिनहरूमा पनि सिक्किमका एएनएम परिचारिकाहरूको सुरक्षा र विकास भइरहोस भन्ने कामाना व्यक्त गरेका छन्।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया