रिनाकलाई एक नम्बर समष्टि बनाउने योजना रहेको बिराज अधिकारीको दाबी

गान्तोक,6 अप्रेल।


सिक्किमको विपक्षी दल हाम्रो सिक्किम पार्टी (एचएसपी) को रिनाक निर्वाचन क्षेत्रका विधानसभा उम्मेद्वार एंव लोकसभा उम्मेद्वार बिराज अधिकारीले आफ्नो क्षेत्रमा चुनाउ प्रचार अभियान युद्धस्तरमा चलाइरहेका छन्। सिक्किम र सिक्किमे जनताको निमति पहलेदेखि नै काम गर्दै आएको बताउँदै जनताले उनको कामलाई हेरेर अवश्य  मतदान गर्ने उनले विश्वास प्रकट गरे।

उनले रिनाक निर्वाचन क्षेत्र एउटा ऐतिहासिक ठाउँ रहेको अनि याहँ पहिलो पोस्ट अफिस र पुलिस स्टेशन भएको ठाउँ रहेको बताउँदै अन्तरराष्ट्रिय सीमा व्यापारको रेशम मार्गमा आउने ठाउँ रहेको भएपनि अहिलेसम्म पर्यटनको मानचित्रमा पर्न नसकेको दाबी गरे। उनले रिनाकलाई पर्यटनसित जोडेर राज्यको निम्ति राजस्व आयका साथ स्थानीय युनवाहरूको निम्ति रोजगार सुनिश्चित गर्न सकिने बताए। क्षत्रका जनताले आफूलाई निर्वाचन गेरको खण्डमा यस दिशामा काम गर्ने उनले भरोसा दिए।

रिनाक क्षेत्रमा चुनाउ प्रचारमा रहेको अधिकारीले पत्रकारहरूसित कुराकानी गर्दै आफू पहिले पनि रिनाकमा चुनाउमा उठेको भएतापनि चुनाउमा पराजित बनेको सम्झना गर्दै चुनाउ हारे पनि जनताको अघि आफू नहारेको बताए। उनले आफूले रिनाक र सिक्किमको लागी बोल्न र काम गर्न सक्ने दाबी गर्दै रिनाकलाई एक नम्बर समष्टि बनाउने योजना रहेको बताए। उनले लिम्बू तामाङको आसन आरक्षणमा भइरहेको ढिलाईबारे बोल्दो सरकारले जहिले पनि विवादास्पद कुरा मात्र दिललीमा गरेको अनियो मुदा पार लाग्न नसकेको बताए।

उनले राज्यमा अहिले चुनाउमा उत्रिएका दलहरूले सरकार गठन गरिसकेको दाबी गर्दै मन्त्री पद समेत बाडिरहेको तर एचएसपीले भने 23 मईको दिनमात्र सरकार बनाउने ठोकुवा गरे। उनले नयाँ सिक्किम निर्माण गर्न चाहने अनि परिर्वतनमात्र होइन तर गुणात्मक परिवर्तनको निम्ति राजनीतिमा रहेको पनि ठोकुवा गरे।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया