कुनै पनि उम्मेदवारलाई समर्थन गर्ने कुरा एनजीसीको कार्यक्षेत्रमा आउँदैन- मुनिश तामाङ

‘दार्जीलिङमा एनजीसीका केही सदस्य आफ्ना नीजि क्षमताले पुगेका छन्, तर उनीहरूले पनि कुनै दलको उम्मेदवारलाई समर्थन गर्नेबारे कसैसित बैठक गरेका छैनन्,’ तामाङले खबरम्यागजिनसित भने, ‘व्यक्तिगतरूपमा कसैसित कुनै पनि दलको उम्मेदवारबारे कुराकानी हुनैसक्छ तर कसैको पनि व्यक्तिगत निर्णय एनजीसीको निर्णय होइन। किन भने यसरी समर्थन गर्ने कुरा एनजीसीको कार्यक्षेत्रमा नै पर्दैन।


सिलगढी, 6 अप्रेल


हिजो साँझदेखि आज दिनभरि नै सोसल मिडियामा नेश्नल गोर्खाल्याण्ड कमिटी (एनजीसी)ले भाजपा उम्मेदवार राजु विष्टलाई समर्थन गरेको खबर भाइरल बन्यो। तर एनजीसीले आधिकारिकरूपमा यस्तो कुनै निर्णय नलिएको र समर्थनको समाचार मनगढन्ते रहेको एनजीसीका सचिव मुनिस तामाङले बताएका छन्।

तामाङअनुसार एनजीसीको कार्यक्षेत्रमा कुनै पनि दलको उम्मेदवारलाई समर्थन गर्ने नगर्ने निर्णय पर्दैन। यसै पनि एनजीसीले एउटा निश्चित दलको उम्मेदवारलाई समर्थन गरेको छैन। समर्थन गर्नेबारे एनजीसीको आधिकारिक कुनै बैठक, छलफल पनि भएको छैन।

‘दार्जीलिङमा एनजीसीका केही सदस्य आफ्ना नीजि क्षमताले पुगेका छन्, तर उनीहरूले पनि कुनै दलको उम्मेदवारलाई समर्थन गर्नेबारे कसैसित बैठक गरेका छैनन्,’ तामाङले खबरम्यागजिनसित भने, ‘व्यक्तिगतरूपमा कसैसित कुनै पनि दलको उम्मेदवारबारे कुराकानी हुनैसक्छ तर कसैको पनि व्यक्तिगत निर्णय एनजीसीको निर्णय होइन। किन भने यसरी समर्थन गर्ने कुरा एनजीसीको कार्यक्षेत्रमा नै पर्दैन।’

यता एनजीसीका अध्यक्ष शक्ति गुरुङलगायतका प्रतिनिधिहरूले भने भाजपा उम्मेदवार राजु विष्टसित भेटघाट गरेका छन्। उनीहरूले  विष्टलाई शुभकामना दिँदै यसपालिको  चुनाउमा एनजीसीको समर्थन रहेकोसमेत बताएका छन्।

यता कालेबुङ कृषक कल्याण सङ्गठनले हिजो एउटा बैठक गरेर भाजपा उम्मेदवारलाई समर्थन गरेको सङ्गठनका सचिव विष्णु छेत्रीले जनाएका छन्। हिजो नै विष्टलाई क्रामाकपाले पनि समर्थन गरेको छ।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया