पहाड र समतलमा विकास र शान्तिको पुल बनिएको छ, यसलाई तोड्न दिनेछैन-ममता व्यानर्जी

‘पहाड र समतलमा विकास र शान्तिको पुल बनिएको छ, यसलाई तोड्न म कदापि दिनेछैन,’ उनले भनिन्, ‘पहाडमा विनय तामाङ र अनित थापासित हाम्रो गठबन्धन छ। विमलसित छैन। विमल त आगो लगाउँथे। समतलमा पनि जोहन बारलासित मिलेर आगो लगाएका छन्। यसपालि पनि भाजपाले उम्मेदवार पाएनन्, त्यही दङ्गाबाज बारलालाई उम्मेदवार बनाएका छन्। समतलमा दङ्गा हुनुदिनु हुँदैन।’


कालचिनी, 6 अप्रेल


मुख्यमन्त्री ममता व्यानर्जी चुनावी प्रचारमा कालचिनी पुगिन्। उनले त्यहाँ सम्पन्न चुनावी जनसभालाई सम्बोधन गर्दै पहाड र तराईबीच कसैले भाँजो हालेमा सहन नगर्ने बताइन्।

‘पहाड र समतलमा विकास र शान्तिको पुल बनिएको छ, यसलाई तोड्न म कदापि दिनेछैन,’ उनले भनिन्, ‘पहाडमा विनय तामाङ र अनित थापासित हाम्रो गठबन्धन छ। विमलसित छैन। विमल त आगो लगाउँथे। समतलमा पनि जोहन बारलासित मिलेर आगो लगाएका छन्। यसपालि पनि भाजपाले उम्मेदवार पाएनन्, त्यही दङ्गाबाज बारलालाई उम्मेदवार बनाएका छन्। समतलमा दङ्गा हुनुदिनु हुँदैन।’

उनले पहाड र समतलबीच शान्ति र विकासको पुल बनिएको अनि अब सधैँको लागि पहाड र समतल मिलेर बस्ने बताइन्। ‘ तपाईँहरू फेरि अशान्ति गर्नेलाई भोट दिनुहुन्छ त? उनीहरूले त फेरि  आगो लगाउनेछन्, चियाबारीमा पनि आगो लगाउनेछन्। म यस्तो हुनदिने छैन,’ उनले भनिन्, ‘अब गोर्खा-बङ्गाली, हिन्दु- मस्लिम, आदिवासी र पहाडबीच झगडा हुने छैन। सबै शान्तिसित बस्नेछन् र विकास गर्नेछन्।’

व्यानर्जीले कालचिनीमा पनि भाजपाको खुलेर कटाक्ष गरिन्। भनिन्, ‘भाजपा फेरि भोटको बेला भोट किन्न आउँदैछ। उनेरको पैसा खाइदिनु तर भोट नदिनु। जोन बारलालाई भोट नदिनू, जसले पहाड र सलमतबीच फुट ल्याए। मलाई कञ्चनजङ्गा देख्दा खुशी लाग्छ। एकसाथ रहन, शान्तिसित रहन उनीहरूलाई मत नदिनू।’

उनले चिया श्रमिकहरूलाई 176 रुपियाँ रोज दिएको अनि अझ बढ्नेबारे सल्लाह चलिरहेको बताइन्।  उनले बन्द बगान सबै खुलाउने र बगानको पर्चा, बद्ली र अनुदानहरूबारे स्थानीय नेताहरूसित परामर्श गरेर सुबिधा दिने आश्वासन पनि दिइन्।

‘हामीले 35 लाखलाई घर दिएका छौं। घरको लागि कसैले पैसा दिनु पर्दैन।। किसान क्रेडिट कार्ड दिँदैछौं। किसानहरूको इन्सुरेन्स फ्री छ, म्युटेशन फि लिँदैनौं। किसानहरूलाई वार्षिक पाँच हजार रुपियाँ दिन्छौं, जसले अपील गरेका छन्, पाउँछन्, नपाउनेहरूले चुनाउपछि अपील गर्नुहोस्,’ उनले भनिन्, ‘बगानलाई बिजुली फ्रि दिँदैछौं। पिउने पानी फ्रि दिँदैछौं। 7 रुपियाँ गरेर 20 केजी चामल र 25 किलो आँटा दिँदैछौं। नयाँ जिल्ला माग्यो दिएँ, युनिभर्सिटी मागें दिएँ। जसले जे जे माग्यो दिएको छु। यस्तै विकास गर्नु हो भने तृणमूल उम्मेदवारलाई भोट दिनू।’

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया