विमल गुरुङहरूले गरे सर्किट बेञ्चमा याचिका दर्ता : 22 अप्रेलमा सुनवाई

बिहीबार अग्रिम जमानत याचिकामाथि भएको सुनवाईमा पीपी सकत च्याटर्जीले मामिला सम्बन्धित  केही आवश्यक दस्तावेज अपुग भएको भन्दै सुनवाई स्तागनको लागि अपील गरेका थिए। न्यायाधिश दीपाङ्कर दत्ता अनि शिवाकान्त प्रसादका डिभिजन बेञ्चले अघल्लो सुनवाई 22 अप्रेल तय गरेका हुन्।


सिलगढी, 6 अप्रेल


यता बाघडोगरा एयरपोर्टमा बिमल गुरुङ फर्किने नाटक चलिरहँदै उता पुरण तामाङ भने 35 जना मोर्चा कार्यकर्ताहरूको अग्रिम जमानतको लागि कोलकत्ता उच्च न्यायालयको जलपाइगढीस्थित सर्किट बेञ्चमा याचिका दर्ता गरिरहेका थिए।

सोही दिन यसको सुनवाई हुन सकेन तर अर्को सुनवाई 22 अप्रेलको दिन तय गरिएको छ।

बिहीबार अग्रिम जमानत याचिकामाथि भएको सुनवाईमा पीपी सकत च्याटर्जीले मामिला सम्बन्धित  केही आवश्यक दस्तावेज अपुग भएको भन्दै सुनवाई स्तागनको लागि अपील गरेका थिए।

न्यायाधिश दीपाङ्कर दत्ता अनि शिवाकान्त प्रसादका डिभिजन बेञ्चले अघल्लो सुनवाई 22 अप्रेल तय गरेका हुन्।

दार्जीलिङ सदर पुलिस स्टेशनको मुद्दा 190/17 को मामिलामा तामाङले आफूलगायत विमल गुरुङ,  रोशन गिरी अनि अन्यको लागि अग्रिम जमानतको लागि आवेदन गरेका थिए।

अरू 35 जना विरुद्ध भारतीय दण्ड संहिताको धारा 120, 120B, 121,121B र गैरकानूनी गतिविधि रोकथाम अधिनियम (UAPA) को 18A र 18B  अन्तरर्गत आरोप लगाइएको छ।   एस मयूख मुखर्जीले तामाङ अनि अन्यको पक्षमा जमानत याचिका दर्ता गरेका हुन। यता मोर्चा प्रवक्ता बीपी बजगाईँले यस सम्बन्धमा कानूनविदहरूबाट सल्लाह लिइरहेको जनाएका छन्।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया

रसिलो, स्वादिलो गुन्द्रुकको निम्ति सम्पर्क गर्नुहोस 👇 [email protected] +919563441432

आजका समाचारहरू

विज्ञापन