आउँदो चुनाउपछि विपक्षी दलको राम्रो आसन आउँछ र हामी मिलेर वैकल्पिक सरकार बनाउँछौः राम माधव

गान्तोक, 6 अप्रेल। सिक्किमको आउँदो विधानसभालाई लिएर सबै विपक्षी दलहरू धुरिएर सत्तारूढ एसडीएफ पार्टीलाई सत्ताच्युत गर्न न्वरानदेखिको बल लगाएर प्रयास गरिरहेको छ। यसैक्रममा भारतीय जनता पार्टी (भाजपा) का राष्ट्रिय महामन्त्री राम माधवले पनि आउँदो चुनाउपछि चुनाउ पूर्व गठबन्धन गर्न नसकेको एसकेएम पार्टीले राम्रै आसन ल्याउने थाहा लागेको बताउऎदै मिलेर  मिलेर सरकार बनाउने सल्लाह अनुसार अलग अलग चुनाउ लड्ने निर्मय गरेको महा खुलासा गरेका छन्। उनले शुक्रबार पूर्व सिक्किमको रानीपूलमा आयोजित भाजपाको चुनावी जनसभालाई सम्बोधन गरिसकेपछि पत्रकारहरूसित कुराकानी गर्दै महामन्त्री राम माधवले एसकेएमसित चुनाउ पूर्व गठबन्धन हुन नसकेको तर चुनाव पछि मिलेर सरकार बनाउने प्रयास गर्ने दाबी गरे।

अर्कोतिर अहिलेसम्म सिक्किमको राजनीतिमा चर्चामा रहेको लिम्बू तामाङको आसन आरक्षणबारे भाजपाको अडान राख्दै नयाँ सरकार गठनपछि पाँच आसन आरक्षित गरिने बताए। सत्तारूढ एसडीएफ पार्टीले माग राख्न नजानेकै कारण नभएको आसन आरक्षणको आरोप लगाउँदै आएका विपक्षी दलहरूको मुखमा बुच्चो लगाउने काम भने भाजपा महामन्त्री स्वयंले गरे। उनले यो विषय केन्द्र सरकारसित संसदीय विषय भएको हुनाले आउँदो नयाँ सरकार बनिनसाथै यसबारे कार्य गर्ने स्पष्ट अडान राखेर राज्य सरकारलाई यसबाट अलग राखे।

लगभग 31 मिनट लामो आफ्नो सम्बोधनमा महामन्त्री माधवले सत्तारूढ एसडीएफ पार्टीको सरकार र मुख्यमन्त्री पवन चामलिङलाई सक्दो कटाक्ष प्रहार गरेर समय बिताए। जसमा मुख्यमन्त्री पवन चामलिङ भ्रष्ट्राचारमा लिप्त रहेको अनि परिवारवादग्रस्त व्यक्तित्व रहेको दाबी गर्दै राज्यमा रोजगार नभएर हाहाकार रहेको सिक्किमको पैसा लुटेर नेपालमा निवेश गरिरहेको जस्ता गम्भीर आरोप लगाउन पछि परेनन्। उनले राज्यमा बिजुली पानीको ठूलो समस्या रहेको अनि बिजुली काट्ने सरकारलाई यसपाली चुनाउमा हराएर सरकार कट्नुपर्ने आह्वान गरे। यसैगरि उनले भाजपा सरकारले सिक्किमलाई पछिल्लो कार्यकालमा 1 लाख करोड़ धनराशी प्रदान गरेको तर त्यसको सही उपयोग नगरेको तथा राष्ट्रीय कार्यक्रमहरूलाई सही रूपमा कार्यान्वयन नगरेको हुनाले केन्द्र सरकारले सिक्किममा सीबीआई लगाएर आर्थिक अनियमितताको छानबीन गराउने भाषणमा दाबी गरे। यद्यपी मिडियासितको कुराकानीमा सीबीआई लगाउने विषयमा गरिएको प्रश्नमा भने संवैधानिक प्रक्रिया रहेको अनि राज्य सरकारको सिफारिशको आवश्यकता पर्ने बताउँदै वैकल्पिक सरकार बनिएको खण्ड सीबीआईलाई अहिलेसम्म भष्ट्राचारमाथि जाँच गर्ने आदेश दिने पनि ठोकुवा गरे।

कार्यक्रममा भाजपा राज्य एकाईले प्रकाशित गरेको चुनावी घोषणा पत्र सङ्कल्प पत्रको नाममा सार्वजनिक गरियो। जनसभामा भाजपा राज्य अध्यक्ष डीबी चौहान, लोकसभा उम्मेद्वार लातेन शेर्पा, समेत विधानसभा उम्मेद्वार वाईटी लेप्चा, भोल चौहान र अन्यले पनि सम्बोधन राखेका थिए।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया