राम माधवको फासीवादी वक्तव्यले भाजपा र एसकेएमको कालो सम्बधनबाट लुगा उठाएको छः एसडीएफ

Girl in a jacket

गान्तोक, 6 अप्रेल।


सिक्किमको चुनाउमा जनताको मतदान बिना नै भाजपाको सरकार गठन गर्ने फासिस्ट विचारधाराका सम्वाहक राम माधवले दाबी गरेर विपक्षी दल एसकेएमसित भाजपाको कालो सम्बधनको  छेलिएको पाटोबाट पर्दा उठाउने काम गरेको अनि सिक्किमे जनताको विरूद्धमा ठाडो फासिवाद र अराजगतावादी प्रष्ट्याएर गएको एसडीएफ प्रवक्ता भीम दाहालले मन्तव्य व्यक्त गरेका छन्।

शनिबार पूर्व सिक्किमको रानीपूलमा आयोजित भाजपाको चुनावी जनसभामा भाजपाका राष्ट्रीय महामन्त्री राम माधवले आउँदो चुनाउ पछि विपक्षी दलहरूले राम्रो आसन ल्याउने र त्यहीसित मिलेर वैकल्पिक सरकार बनाउने दाबी गरेको प्रतिक्रिया दिँदै एसडीएले पत्रकार सम्मेलन आयोजन गरेर भाजपा र एसकेएमको साँठगाँठ उजागर भएको दावी गरेको छ।

पत्रकारहरूलाई सम्बोधन गर्दै  प्रवक्ता दाहालले अहिले सिक्किममा फासिवादी वौद्धिक अराजगतावादी सल्लाहकारको रूपमा दिल्लीबाट आएर जनताले भोटै नहाली सरकार बनाउने घोषणा गरेर जनताले नदेखेको भाजपा र एसकेएमको सम्बन्धको उजागर भएको ठोकुवा गरे। उनले एसकेएमलाई भोट हाल्नु भनेको भाजपाको राम माधवलाई भोट हाल्नु रहेको खुलासा भएको अनि सिक्किम जस्तो सीमान्त प्रदेशमा आएर धम्की दिएको छ तर उसको राज्य शाखाले जित्नु पर्छ तर जनताले भोटै नहाली सरकार हुँदैन भन्ने चुनौती दिए।

यसैगरि विपक्षी दल एसकेएमले एसडीएफ पार्टीको नेता पवन चामलिङको माताहतमा विशाल नेपाल (ग्रेटर नेपाल) को षडयन्त्र चलाइरहेको आरोप लगाएको बताउँदै प्रवक्ता दाहालले देशमा रहेका भारतीय नेपाली गोर्खाहरूलाई हेरिन शंकाको दृष्टिकोणमा थप टेवा पुऱ्याउने अनि राष्ट्रिय स्तरमा गोर्खाहरूको मर्यादालाई चोट पुऱ्याउने कार्य गरेको बताए। उनले भाषा संस्कृतिक एउटै भए पनि राष्ट्रियता अलग अलग कुरा हो भन्ने कुरा नबुझेर एसकेएमले सिब्ल्याक नामक जातिवादी संगठनको खच्चड भएर महा कालिदासको प्रवृत्ति देखाएको दाबी गरे। प्रवक्ता दाहालले भारतीय गोर्खाहरूमाथि हेरिन दृष्टिकोणमा थप लाक्षणा थप्ने घृणित कार्य गरेको एसकेएम प्रवक्ता जेकब खालिङमाथि आरोप लगाए।

अर्कोतिर भाजपा महामन्त्री राममाधवले सिक्किममा सीबीआई भित्र्याउने दिएको धम्कीपूर्ण भाषणमाथि प्रतिक्रिया व्यक्त गर्दै अर्का प्रवक्ता केटी ग्याल्छेनले भारत देश गणतान्त्रीक संवैधानिक प्रणालीभित्र चल्ने राष्ट्र रहेको अनि भाजपाका महामन्त्रीले त्यस्तो वकत्व्य दिएर देशको गणतान्त्रीक ढाँचामाथी हमला गरेको दाबी गरे। उनले कुनै पनि राज्यमा सीबीआई लगाउनु राज्य सरकारको सिफारिस चाहिन्छ तर उनीहरूले सोझै सिक्किममा सीबीआई लगाउने कुरा गरेर गणतन्त्रलाई मार्ने सोच चल्दैछ बाहिरबाट शक्ति लगाएर शान्ति सुरक्षा बिगार्ने प्रयास गर्दैछ अनि सिक्किम बिगार्ने षडयन्त्रमा स्थानीय केही तत्वहरूले पनि सहभागि बनिरहेको दाबी गरे।

पत्रकार सम्मेलनमा प्रवक्ता पीडी राईले सिब्ल्याक नै एसकेएम पार्टीको पछिल्तिर रहेको अनि सबै सिक्किमे नेपाली विरोधी क्रियाकलापहरूमा एसकेएमको मार्ग दर्शक भएर कार्य गरिरहेको दाबी गरे। यसैगरि एसकेएम पार्टी अहिले अनुहारै नभएको पार्टी बनेको तर राज्यको सफा छवीलाई गलत र नकरात्मक छवि फैलाउने प्रयास गरिरहेको दाबी गरे।

यसैगरि प्रचार प्रसार महासचिव कविता सुब्बाले एसकेएमका उपाध्यक्ष तथा पूर्व सांसद नकुलदास राईले आफ्नो लोकसभा उम्मेद्वार इन्द्रहाङ सुब्बाको बढिबडाई गरेर केवल आफू स्वयं चुनाउमा उठ्न नपाएपछि औडाह पोख्ने काम गरेको दाबी गरिन्। यसका साथै एसडीएफले अहिले राज्यको विभिन्न ठाउँमा भइरहेको हिंसात्मक कार्यहरूलाई भत्सर्ना गर्दै विपक्षी दल एसकेएमले शान्ति प्रिय सिक्किममा अशान्ति गर्ने  हिंसाको राजनीति गरेर सत्ता कब्जा गर्ने प्रयास गरिरहेको आरोप पनि लगाए।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया