सीबीआईले सर्वोच्च न्यायालयमा गऱ्यो राजिव कुमारलाई पक्रन पाउनुपर्ने याचिका दर्ता : ममता व्यानर्जी र उनका वरिष्ट नेताहरूको काला कर्तुतको पोको खोलिने सम्भावना

सीबीआईका वरिष्ठ अधिकारीले भनेका छन्, ‘राजिव कुमारविरुद्ध ‘कुनै दण्डात्मक कार्वाही नहोस्’ भनेर राखिएको शर्त विरुद्ध नै सर्वोच्चमा हामीले याचिका दर्ता गरेका हौं। अतिरिक्त सुरक्षा घेरामा रहेरयदि कसैले कुराहरूको खुलासा गर्दैन भने उसलाई हिरासतमा लिएर सोधखोज गर्न नै राम्रो हुन्छ।’


कोलकाता, 6 अप्रेल


सीबीआईले पूर्व कमिश्नर राजिव कुमारको घर पुग्ने वित्तिकै मुख्यमन्त्री ममता व्यार्जीको होस् उडेको थियो। उनले तत्कालै राजिब कुमारको बचाउमा धर्ना शुरु गरेकी थिइन्। ती नै राजिव कुमारलाई सोधपुछको लागि पक्राउ गर्न पाउँ भन्दै सीबीआईले सर्वोच्च न्यायालयलाई अपील गरेको छ।

सीबीआईले सर्वोच्चमा याचिका दर्ता गर्दै भनेको छ, ‘राजिव कुमारले जाँचमा कुनै सहयोग गरिरहेका छैनन्। यसैले सर्वोच्चले राजिवलाई पक्राउ गर्ने अनुमति दिउन्, ताकी उनलाई सोधपुछ गर्न सुबिधा होस्।’

सीबीआईले याचिकामा राजिव कुमारले एसआइटी प्रमुख रहेको बेला ठूला नेताहरूको बचाउको लागि प्रमाणहरू नष्ट गरेको पनि उल्लेख गरेको छ।

राजीव कुमारलाई पश्चिम बङ्गालका मुख्यमन्त्री ममता व्यानर्जीको निकटका मानिन्छ। यस अघि सुनवाई अवधि न्यायालयको आदेशपछि सीबीआईले सर्वोच्चमा हलफनामा दर्ता गरेको थियो। जसलाई हेरेर मुख्य न्यायाधिश रञ्जन गोगोईको अध्यक्षतावाला पीठले भनेको थियो, ‘रिपोर्टअनुसार राजिव कुमारप्रतिको आरोप संवेदनशील छ।’

सीबीआईका वरिष्ठ अधिकारीले भनेका छन्, ‘राजिव कुमारविरुद्ध ‘कुनै दण्डात्मक कार्वाही नहोस्’ भनेर राखिएको शर्त विरुद्ध नै सर्वोच्चमा हामीले याचिका दर्ता गरेका हौं। अतिरिक्त सुरक्षा घेरामा रहेर यदि कसैले कुराहरूको खुलासा गर्दैन भने उसलाई हिरासतमा लिएर सोधखोज गर्न नै राम्रो हुन्छ।’

जाँच एजेन्सीका अधिकारीहरूको टिमलाई राजिवको आवासमा जान 3 फरवरीदेखि रोक्का लागेको थियो। त्यस समय राजिव  कोलकाताका पुलिस आयुक्त थिए। घोटाला सम्बन्धित मामिलामा टोली सोधपुछ गर्न गएको थियो। यसपछि ममता व्यानर्जीले सीबीआईको पहललाई ‘संवैधानिक प्रावधानहरूमाथिको आक्रमण’-को संज्ञा दिएर धर्ना शुरु गरेकी थिइन्।

 

5 फरवरी उच्चन्यायालयले राजिवलाई जाँच एजेन्सीसामु आउने निर्देश गरेको थियो। भनिएको थियो, ‘राजिवलाई कुनै ठूलो कार्वाही गर्न पाइनेछैन।’

सर्वोच्च न्यायालयको आदेश अनुसारनै सीबीआईले सिलाङमा राजिवलाई सोधपुछ गरेको थियो। सारदा घोटलामा ममता व्यानर्जी लगायत उनका धेरै वरिष्ठ नेताहरूको हात रहेको शङ्का गरिएको छ। सर्वोच्चले पक्राउको निर्देश दिए ममता व्यानर्जी र उनका वरिष्ट नेताहरूको काला कर्तुतका पोको खोलिने सम्भावना बढेको छ।

 

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया