मिनिमम वेजेजबारेको बैठक सकरात्मक

मनोहर शर्मा

मिरिक, 20 मई 2017


चिया श्रमिकहरूको दैनिक हाजिरा न्युनतम वेजेज एक्ट अनुसार हुनुपर्छ भन्ने माग लिएर चियाकमानका श्रमिक सङ्गठनहरूको साझा मञ्च र राज्य सरकार माझ गत 17 मईमा कोलकाता बसेको सभा फलरहित भएको बताइएको छ।

दार्जीलिङ तराई डुवर्स प्लान्टेन्सन लेबर युनियनका केन्द्रिय सदस्य एव मिरिक जोनलका अध्यक्ष अजम प्रधानले आज एक पत्रकार सम्मेलन गर्दै सरकारले मिनिमम वेजेस एक्ट बारे मागेको लिखित मन्तव्य आईटीए र ताईले मात्र बुझाएको तर डीटीएले नबुझाएको कारणले उक्त सभाले डीटीएलाई दश दिनको समय दिएकोले जुनको पहिलो सातामा अब हुने बैठकमा कुनै निष्कर्ष निस्कने आशा ब्यक्त गरेका छन्।

उनले टीएमसीको दुईवटा युनियनले अन्तरिम हाजिरा 260 दिने माग गरेको थियो यसको पनि डीटीपिएलयुले घोर बिरोध गरेको छ। कानुन अनुरूप हाजिरा दिइनुपर्ने आफ्नो माग रहेको उनले बताए। यस बिषयलाई लिएर जोइन्ट फोरमको एक सभा आज चाल्सामा बसिएको अनि उक्त सभाले आगमी आन्दोलनको रूपरेखा तयार पारेको पनि उनले बताए।

एनएफएस अन्तर्गत युनियनले राखेको राशनको 660 रूपियाँबारे पनि यस सभामा चर्चा गरिएको पनि उनले जनाए।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया

रसिलो, स्वादिलो गुन्द्रुकको निम्ति सम्पर्क गर्नुहोस 👇 [email protected] +919563441432

आजका समाचारहरू

विज्ञापन