एटीटीसी बरदाङको 20 औं वार्षिक उत्सव 

सिङ्ताम, 6 अप्रेल। बरदाङ एटीटीसीले आज 20 औं वार्षिक उत्सवसहित अभिभावक सम्मेलन भव्यरुपमा मनायो। एटीटीसीको अडिटोरियम हलमा आयोजित उक्त कार्यक्रमको अवसरमा अन्तर ट्रेड प्रोजेक्ट प्रतियोगिता पनि आयोजित गरियो जसमा सिक्किम विश्वविद्यालयका कम्प्युटर एप्लिकेशनका विभागीय प्रमुख (एचओडी) प्रोफेसर डा. मोहन प्रधान निर्णायक रहेका थिए। उक्त कार्यक्रमलाई स्वागत सम्बोधन गर्दै एटीटीसीका प्राचार्य सोनाम पाल्डेन बरफुङ्पाले बितेको 20 वर्षमा एटीटीसीले विभिन्न उल्लेखनीय उपलब्धिहरु गरेको जानकारी गराउँदै विशेष 2017-18 सालदेखि सिक्किम सरकारले सीओआई भएका विद्यार्थीहरुलाई एटीटीसी अनि सीसीसीटीमा निशूल्क शिक्षा दिने व्यवस्था गरेकोले धेरै विद्यार्थीहरुले यसबाट लाभ उठाइरहेका छन् भनी बताए। उक्त वार्षिक उत्सको कार्यक्रममा रङ्गारङ्ग सांस्कृतिक कार्यक्रमसहित विद्यार्थीहरुका निम्ति पुरस्कार वितरण कार्यक्रम पनि आयोजित गरिएको थियो, जसमा मेकाट्रोनिक्सका अन्तिम वर्षका विद्यार्थी सुश्री सुजा थापा अनि मेकानिकलका अन्तिम वर्षका विद्यार्थी संजीव अधिकारीलाई स्टुडेन्ट अफ दी यिअर चयनित गर्दै पुरस्कार प्रदान गरियो। यसरी नै इन्टर ट्रेड प्रोजेक्ट प्रतियोगितामा प्रथम र दोस्रो स्थान मेकाट्रोनिक्स ट्रेड रह्यो भने तेस्रो स्थान सिभिल इन्जिनियरिङ ट्रेडलाई प्राप्त भयो। उक्त अवसरमा शिक्षकहरुद्वारा अभिभावकहरुलाई उनीहरुका नानीहरुले यस सेमिस्टरमा गरेका टेस्टका पेपरहरु पनि अवलोकन गराइयो।-नन्दु दूतराज
सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया