मोदीले दिए बङ्गाल छिरेका बङ्गलादेशी अनुप्रवेशकारी चिन्हित गर्न बङ्गालमा एनआसरी लागू गर्ने सङ्केत

‘तपाईँहरूको चौकीदारले अनुप्रवेशकारी चिह्नित गर्न आसाममा एनआसरी लिएर आयो, त्यसमा पनि दिदीको आपत्ति छ,’ उनले भने, ‘उनलाई बङ्गालको अनुप्रवेशकारीको सुर्ता लागेको हो कि भोट व्याङ्कको? तर तपाईँहरूको चौकीदार देशको सुर्ता गर्छ। तपाईँहरूको चौकीदारले सिटिजनशिप एमेन्मेन्ट बील पनि लिएर आयो। किन भने यस धरतीका सन्तानको सुरक्षा यही चौकीदारले नै गर्छ।’


कोलकाता, 7 अप्रेल


आफ्नो राजनीतिक फाइदाको लागि ममता व्यानर्जीले बङ्गलादेशका अनुप्रवेशकारीहरूलाई बङ्गालमा बँचाएर राखेको नरेन्द्र मोदीले आरोप लगाएका छन्। अनुप्रवेशकारीलाई राखेर ‘माटी र मानुष’-सित व्यानर्जीले विश्वासघात गरेको मोदीले आरोप लगाए।   गुण्डा लगाएर ‘मानुष’-हरूलाई आतङ्कित गरेको पनि उनले बताए।

‘बङ्गालमा फुपु-भदैको गठबन्धन दादागिरी चल्छ। ‘मानुष’-को आफ्नो धर्तीलाई गुण्डा, अनुप्रवेशकारी हुलेर, तस्करभूमि बनाइसकेका छन्,’ उनले भने, ‘अब दिदीलाई असली संसारमा ल्याउन जरुरी भयो। पश्चिम बङ्गालको संस्कृति, गौरव र नागरिक जीवन अस्तव्यस्त गर्नेलाई जनताले सबक सिकाउने नै हो।’

उनले बङ्गालको  शारदा काण्ड देशभरि चर्चित रहेको तर पश्चिम बङ्गालको संस्कृति यस्तो नरहेको पनि बताए।

‘तपाईँहरूको चौकीदारले अनुप्रवेशकारी चिह्नित गर्न आसाममा एनआसरी लिएर आयो, त्यसमा पनि दिदीको आपत्ति छ,’ उनले भने, ‘उनलाई बङ्गालको अनुप्रवेशकारीको सुर्ता लागेको हो कि भोट व्याङ्कको? तर तपाईँहरूको चौकीदार देशको सुर्ता गर्छ। तपाईँहरूको चौकीदारले सिटिजनशिप एमेन्मेन्ट बील पनि लिएर आयो। किन भने यस धरतीका सन्तानको सुरक्षा यही चौकीदारले नै गर्छ।’

यद्धपि, यस काममा पनि दिदीले स्पीड ब्रेकरको भूमिका निर्वाह गरिरहेको भन्दै मोदीले स्पीडब्रेकर तोडेपछि मात्र बङ्गाल विकासको क्षेत्रमा दौडने पनि बताए। उनले कुचविहारको एक जनसभामा यस्तो वयान दिएका हुन्।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया