दार्जीलिङ टाइम्स-को झुट पक्रियो दार्जीलिङ क्रोनिकल्सले : घटना यस्तो छ

कुनै पनि पोर्टल वा च्यानलको कुनै पनि दलसित मनोवैज्ञानिकरूपले पनि आंशिक प्रभावहरू रहेको देखिन्छन् नै। यो राष्ट्रमा मात्र होइन अन्तराष्ट्रीयस्तरमा नै मिडियालाई लागेको रोग हो। तर कुनै पनि दल वा नेताको विरुद्ध यति तलसम्म झरेर अर्को दलको नेता र दललाई फाइदा पुऱ्याउन अनि आफ्ना पाठकलाई दिग्भ्रमित पार्ने पत्रकारिता भने दार्जीलिङको इतिहासमा नै पहिलो हो। दार्जीलिङ टाइम्सले पत्रकारिताको खुल्लमखुल्ला खिल्ली उडाएको छ।


सिलगढी, 7 अप्रेल


केही घन्टाअघि दार्जीलिङको चर्चित अङ्ग्रेजी न्युज पोर्टल दार्जीलिङ टाइम्स (यो लिङ्कमा क्लिक गरेर पढ्नुहोला https://www.facebook.com/DarjeelingTimes/photos/a.157246837636486/2554312221263257/?type=3&theater) ले अलिपुरद्वारा अमित शाहाले बङ्गालमा जारी गर्छु भनेको एनआरसीमा 1950 अघिको कागजपत्र मागेको भन्दै एउटा लेख प्रकाशित गरेको थियो। एनएन ओझा नामक लेखकले लेखेको भनिएको उक्त लेखलाई पुष्टि गर्न एउटा चिर्कटो पनि हालिएको छ।

दार्जीलिङटाइम्सले जन्मप्रमाणपत्र, नगरपालिकालाई 2017/18 मा बुझाएको ट्याक्ससहित उल्लेख गरेको 1950 अघिको फ्यामिलीट्री सहितको नागरिकता देखाउनु भन्दै एनआरसीले गोर्खाहरूलाई अनुप्रवेशकारी बनाउने कुरालाई पुष्टि गरेको थियो।

त्यसको लगत्तै अर्को चर्चित न्युज पोर्टल दार्जीलिङ क्रोनिकल्स-ले (यो लिङ्कमा क्लिक गरेर पढ्नुहोला-https://www.facebook.com/TheDarjChron/photos/a.318139064990548/1301401596664285/?type=3&theater) सम्पादकलाई पाठकले पठाएको चिट्ठीस्तम्भमा दार्जीलिङटाइम्सले गरेको चलखेललाई पक्रिँदै  सुष्माको प्रतिक्रिया प्रकाशित गऱ्यो।

सुष्माअनुसार जुन कागजको चिर्कटो दार्जीलिङ टाइम्सले छापेको थियो, त्यो 2017-को आन्दोलन सक्ने वित्तिकै बङ्गाल सरकारको अधिकारी एवं दार्जीलिङ नगरपालिका अधिकारीले जारी गरेको कागज हो।

स्पष्ट छ, दार्जीलिङ टाइम्सले छापेको 1950 देखिको फ्यामिली ट्रीसहितको नागरिकता प्रमाणपत्र मागेको चिर्कटो एनआररसीको लागि भाजपा सरकार जारी गरेको होइन बङ्गाल सरकारको अधिकारीहरूले आन्दोलन सक्ने वित्तिकै जारी गरेका हुन्।

दार्जीलिङटाइम्सले पाठकलाई दिग्भ्रमित गर्न आधा छापेको चिर्कटो सुस्माले पूरै दार्जीलिङ क्रोनिकल्समा छापेको छ।

एउटा संवेदनशील मुद्दामा दार्जीलिङको चर्चित पोर्टलको यस्तो निकृष्ट यल्लो जर्नलिज्मले पहाडका सारा पोर्टलहरूको स्वाभिमानलाई चोट पारेको छ।

कुनै पनि पोर्टल वा च्यानलको कुनै पनि दलसित मनोवैज्ञानिकरूपले पनि आंशिक प्रभावहरू रहेको देखिन्छन् नै। यो राष्ट्रमा मात्र होइन अन्तराष्ट्रीयस्तरमा नै मिडियालाई लागेको रोग हो। तर कुनै पनि दल वा नेताको विरुद्ध यति तलसम्म झरेर अर्को दलको नेता र दललाई फाइदा पुऱ्याउन अनि आफ्ना पाठकलाई दिग्भ्रमित पार्ने पत्रकारिता भने दार्जीलिङको इतिहासमा नै पहिलो हो। दार्जीलिङ टाइम्सले पत्रकारिताको खुल्लमखुल्ला खिल्ली उडाएको छ।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया