‘भाजपा गोर्खालाई मेची तार्ने ताकमा छ’

‘भाजपा सरकारले एनआरसी लागु गर्छु भनेर गोर्खाहरूलाई दार्जीलिङ पहाड़बाट मेची पुराउने ताकमा रहेको छ। एनआरसी लागु भए हामी भूमिसितै आएका हौं भनेर धाक पिटेर हुँदैन,’ पोखरेलले भने, ‘त्यतिबेला एनआरसीको कानूनले हामीलाई दस्तावेज माग्नेछ। तपाई हाम्रो घर-घड़ेरीको दस्तावेज माग्नेछ, नभएको खण्डमा हामी मेचीको बगरमा हुनेछौं।’


मङ्पू, 7 अप्रेल


मङपू- लाब्दा समष्टिअन्तर्गत रङ्जुभेल्लीको चुनावी सभामा बोल्दै गोजमुमो केन्द्रिय समिति सदस्य केशवराज पोखरेलले भाजपा गोर्खाहरूलाई मेची तार्ने ताकमा रहेको जनाएका छन्।

‘भाजपा सरकारले एनआरसी लागु गर्छु भनेर गोर्खाहरूलाई दार्जीलिङ पहाड़बाट मेची पुराउने ताकमा रहेको छ। एनआरसी लागु भए हामी भूमिसितै आएका हौं भनेर धाक पिटेर हुँदैन,’ पोखरेलले भने, ‘त्यतिबेला एनआरसीको कानूनले हामीलाई दस्तावेज माग्नेछ। तपाई हाम्रो घर-घड़ेरीको दस्तावेज माग्नेछ, नभएको खण्डमा हामी मेचीको बगरमा हुनेछौं।’

उनीअनुसार 87 प्रतिशत दार्जीलिङ पहाड़का मानिसहरूको घर-जमीनको पर्जापट्टा छैन। पुराना नेताहरूले जमीनसितै आएका हौं मात्रै भनेर लेड़ेढिप्पी मात्र गरिरहेका छन्। जमीनको मालिकाना हक पाउनुपर्छ भनेर कहिल्यै भनेनन्। यसैले एनआरसी लागु हुन दिनुहुँदैन।

‘गोर्खाल्याण्डको मुद्दा बेचेर आफ्नो निम्ति सिलगढ़ीमा डेड़ दुई ऐकर जमीन किन्ने नेताहरूले हामीलाई माटो बेचुवा भन्दैछन् तर हामीले तपाईहरूको माटोको अधिकार दिलाउने काम गरिरहेका छौं,’ उनले थपे, ‘हामी तपाईहरूको घर-घड़ेरी, अदुवाबारी, सुन्तलाबारी, अम्लिसोबारी सबैको मालिकाना हक (पर्जापट्टा) दिलाउन लागिपरेका छौं।’

आफूहरूलई माटो बेचुवा भन्नेहरूले अबको 6-7 महीनापछि परिणाम थाहा पाउने भन्दै आफूहरू धेर नबोल्ने तर काम गरेर देखाउने बताए। गोजमुमोले माग गरिरहेको पर्जापट्टाको मुद्दालाई मुख्यमन्त्री ममता व्यानर्जी स्वयँले पनि सहमति दिइसकेको जनाउँदै 5 डेसिमलमात्रै होइन तर पहाड़वासीको आफ्नो जम्मै जमीनको पर्जापट्टा गोजमुमोले दिलाउने पनि उनले दावी गरे।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया