चुनाउमा चामलिङको चिया चर्चा

Girl in a jacket

गान्तोक, 8 अप्रेल। सिक्किमका मुख्यमन्त्री पवन चामलिङले चुनाउ प्रचारको नयाँ आयम सिर्जना गर्दै राजधानी गान्तोकको एमजी मार्गमा बिहानै निस्केर जनतासित चिया पिएर प्रचार प्रसार गरे। जसलाई यो चुवाउमा चामलिङको चिया चर्चा भनेर भन्न सकिन्छ।

बिहानै 9 बजीदेखि राजधानीको स्टार हल परिसरबाट पैदल यात्रामा निस्किएका पवन चामलिङले एमजी मार्गमा उनको स्वागतमा बसेका बजारका बासिन्दाहरूसित कुराकानी गर्दै पसलहरूमा पुगेर उनीहरूसित प्रत्यक्ष कुराकानी गरे। यसैक्रममा उनको आगमनलाई ध्यानमा राखेर एमजी मार्गको महात्म गान्धीको प्रतिमा अघिल्तिर चियाको टेबल र कुर्सीको व्यवस्था गरिएको थियो। जहाँ मुख्यमन्त्री चामलिङले बसेर चिया पिउँदै स्थानीय वरिष्ठ नागरिकहरूसित भलाकुसारी गरे।

चुनाउमा चामलिङले चियालाई पनि चर्चामा उतारेर चिया पिउने क्रममा गान्तोकबासीहरूको मन जित्ने प्रयाससितै उनले आम मानिसहरूले दैनिक रूपमा हिँड्ने मुख्य मार्ग एमजी मार्गमै उत्रिए गान्धिजीको प्रतिमा अघिल्तिर बसेर चिया पिउँदै शान्ति-भाइचारा र सद्भावनाको सन्देश पनि दिएका छन्।

यस भन्दा अघि पत्रकारहरूसित कुराकानी गर्दै मुख्यमन्त्री चामलिङले आफू 1993 सालको भन्दा अझ जवान भएर  जनता सामु आएको अनि आफूले आफैलाई परिवर्तन गरेर नयाँ रूपमा आउने कुरा उल्लेख गरेको आफ्नो नयाँ अवतारको सन्दर्भमा भनि बताए। उनले नयाँ अवतारमा आउने भन्ने सम्भाषणलाई विपक्षी दलले अपव्याख्या गर्दै हिंसासित जोडिरहेको समय उनले आफ्नो स्पष्टिकरण यसरी दिए।

अर्कोतिर मुख्यमन्त्रीले सिक्किमका विपक्षी दल एसकेएम र भाजपा एउटै सिक्काको दुइपाटो रहेको अनि एसकेएम भनेकै भाजपा हो भन्ने बताए। उनले यसबारेमा बोल्दै भाजपा राष्ट्रिय महामन्त्री राममाधवले सिक्किमबाट चामलिङ हटाएर भाजपाको सरकार बनाउने धम्की दिँदै राज्यको विपक्षी दलहरूसित मिलेर आउँदो सरकार भाजपाको बनाउने घोषणा गरेर यसको खुलासा गरेको बताउँदै भाजपा र एसकेएम एउटै सिक्काको दुइ पाटो हो भन्ने ठोकुवा गरे।

आज  दिनभर गान्तोकमा उनले  जनसम्पर्क अभियानअन्तर्गत एसडीएफ उम्मेदवारहरूको जीतका लागि आह्वान गर्नेछन्। जानकारी गराइन्छ आजको एसडीएफ चुनाउ प्रचार  अभियान एमजी मार्गस्थित स्टार हल क्षेत्रबाट आरम्भ भयो र यो पाल्जोर स्टेडियम,रानीपुलहुँदै स्यारी क्षेत्र पुगी बेलुकीपख गान्तोकको चानबारीमा जनसम्बोधन पछि  टुंगिनेछ।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया