भाजपाको मेनिफेस्टोमा गोर्खाहरूको मुद्दा : यस्तो छ मेनिफेस्टोमा

सङ्कल्प पत्रको 20 र 21 औं बुँदामा ‘दार्जीलिङ, सिलगढी र तराईको मुद्दाको स्थायी राजनैतिक सामाधान खोज्ने दिशामा काम गर्न प्रतिबद्ध छौं’ अनि  अनुसूचित जनजातिकोरूपमा 11 भारतीय गोर्खा जातगोष्ठीलाई मान्यता दिने अनि लिम्बु र तामाङ जनजातिको लागि सिक्किम विधान सभामा आरक्षण लागू गर्न प्रतिबद्ध छौं’ भनेर लेखिएको छ।


सिलगढी, 8 अप्रेल


भाजपाले चुनावी सङ्कल्प पत्र जारी गरेको छ। सङ्कल्प पत्रमा गोर्खाहरूको दुइवटा संवेदनशील मुद्दा पनि उललेख गरेको छ। गोर्खाहरूको लम्बित मागलाई पुनः दोहोऱ्याउँदै गोर्खाहरूको समस्याको स्थायी सामाधान गरिने अनि जनजातिको मर्यादा दिलाउने दुइवटा बुँदा सङ्कल्प पत्रमा उल्लेख गरिएको छ।

2014 मा गोर्खा, आदिवासी र दार्जीलिङा अन्य समुदायको मागलाई सहानुभूतिपूर्वक हेरिने बताइएको थियो। त्यही कुरा यसपल्ट पनि दोहोऱ्याएको छ। फरक यति छ, यसपल्ट ‘स्थायी सामाधान गर्ने’ भनिएको छ।

सङ्कल्प पत्रको 20 र 21 औं बुँदामा ‘भारतीय गोर्खा उप-जनजातिहरूलाई अनुसूचित जनजातिको दर्जा दिनेछौं। लिम्बू-तामाङ जनजातिलाई सिक्किम विधानसभामा आरक्षण कार्यकर गर्न पनि हामी प्रतिबद्ध छौं। दाजीलिङ पहाड, सिलगढी तराई र डुवर्स क्षेत्रका स्थायी राजनीतिक समाधान खोज्ने दिशामा काम गर्न हामी प्रतिबद्ध छौं।’ भनेर लेखिएको छ।

भाजपाको मेनिफेस्टो भाइरल हुने वित्तिकै गोजमुमो अध्यक्ष विमल गुरुङले खुसी व्यक्त गरेका छन्।

‘गोर्खा अनि देशको राजनैतिक इतिहासमा यो प्रथमपटक हो जहाँ गोर्खाहरूको निम्ति एउटा बृहत् राष्ट्रिय पार्टीद्वारा आफ्नो चुनावी घोषणा पत्रमा गोर्खा जातिको अधिकारको बिषयबस्तुलाई सामेल गरिएको छ,’ गुरुङले भनेका छन्,  ‘यो सम्भव हुन सक्यो त केवल तपाईं हामी सबैको आफ्नो जाति र माटो प्रतिको निरन्तर प्रयास अनि योगदानको कारणले। यो सम्भव भयो हाम्रा ति वीर विरङ्गानाहरूको बहुमुल्य उत्सर्गले। परचक्रीहरूले अनेकौं प्रयास गरे तपाईं हाम्रो अभियानलाई छेक्न, हाम्रो बाटो रोक्न, तपाईं र हामीलाई हाम्रो मुल मुद्दादेखि भड्काउन, तर तपाई हाम्रो निरन्तर प्रायस त त्यागले आज हाम्रो भावीपीँढीको सुनौलो भविष्यको ढोका खोलिएको छ यसलाई निरन्तरता दिइरहनु तपाईं हामी प्रतेकको परम कर्तव्य बन्दछ।’

उनले अझै पनि अनेकौं बाधा आइपर्नसक्ने तर गोर्खा एकता र सजगताले  काँडा पन्छाउँदै गन्तव्यसम्म पुग्न पर्ने पनि बताएका छन्।
‘हामी गोर्खा जनमुक्ति  मोर्चा, दार्जीलिङ, कालेबुङ, खरसाङ, तराई अनि डुवर्सको सम्पूर्ण युवाहरूको पक्षबाट आदरणीय प्रधानमन्त्री नरेन्द्र मोदी, भारतीय जनता पार्टीका अध्यक्ष अमित साह  अनि सम्पूर्ण आदरणीय नेतृत्ववर्गमा हार्दिक कृतज्ञता प्रकट गर्दछौं,’ उनले भनेका छन्। 


पूरा संकल्पपत्र यहाँ छ-

file:///C:/Users/Manoj/Downloads/BJP-Election-2019-hindi.pdf

 

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया