‘फातसुङ’ निस्कनसाथ हिट बन्दै

सिलगढी, 8 अप्रेल


युवा साहित्य अकादमी पुरस्कार प्रापक युवा ख्यानकार छुदेन काविमोको पहिलो उपन्यास पातसुङ प्रकाशित भएको केहीदिनमा नै हिट बन्दै गइरहेको छ। चर्चित लेकख बुद्धिसागरले छुदेनलाई सफलताको निम्ति कामना नै व्यक्त गरेका छन्।

चर्चित कवि स्वप्नील स्मृतिले एकैरातमा फातसुङ पढिसकेको भन्दै फेसबुकमा यस्तो स्टाटस् लेखेका छन्, ‘फातसुङ’ लेप्चा भाषामा माटोको कथा, छुदेन काबिमोको उपन्यास एक बसाइमा पढिसकियो । पश्चिम बंगालमा असीको दशकमा चम्केको असफल गोर्खा ल्याण्ड आन्दोलनको कथालाई सार्है मार्मिक रुपमा उक्काइएको छ । नेपालको इलामदेखि दार्जिलिङ-कालिम्पोङ पहाडी भूभागलाई लेप्चा जातिको आदिभूमि मानिन्छ । त्यसैले ‘गोर्खाल्याण्ड’बारे आदिजाति लेप्चाको के धारणा होला भन्ने मेरो चासोलाई पनि उपन्यासले थोरै भए पनि शमन गर्यो । अरु त अरु छँदैछ, मीठो दार्जिलिंगे भाषामा कोरिएको ज्यादै सुन्दर उपन्यास छ, तपाइँ पनि पढ्नु होला।’

एकै बसाईमा पढिसक्ने उपन्यास पढ्नेहरूबाट अहिले सोसल मिडियामा व्यापक रेस्पोन्स देखापरेको छ। फातसुङका पाठक त्रिवेणीले लेखेका छन्, एक बसाईमा सक्काएँ मैले। किताब लेखकनको दृष्टिकोणबाट उत्कृष्ट छ। कथाको शुरुवाती फेजमा मलाई लीलबहादुर क्षेत्रीको बह्मपूत्रको छेउछाउ सम्झाएको हो फात्सुङले। बिचतिर नोर्देनको नासिमसँगको सङ्गतले खालिदको काईट रनर सम्झायो। आन्दोलन र विद्रोहको पेजमा गोर्कीको याद दिलायो। खानाको भाव खट्किँदै गर्दा सारेमागोको ब्लाईन्डनेस सम्झायो फेरि। द अर्केष्ट्रा अफ माइनोरिटिज पनि सम्झायो फात्सुङले । र मलाई लाग्छ एउटा पुस्तक पढ्दै गर्दा जब अर्कोको याद आउँछ पुस्तकले पाठकको हृदयलाई छोको मान्नुपर्छ । साँच्चै छोयो मलाई पनि।’

पढ्नेजतिले फातसुङलाई माटोको वास्ना आउने पुस्तक भनेका छन्। अहिले केवल नेपालमा मात्र उपलब्ध रहेको यो किताब शीघ्र नै भारतमा पनि उपलब्ध हुने फाइनप्रिन्टसित फातसुङको भारतको लागि प्रकाशन सहकार्य गरेको सम्बोधन प्रकाशनका सुरज रोसुरीले जनाएका छन्।

फासतुङबारे अहिलेसम्म कुनै गम्भीर टीका टिप्पणी आएको छैन। नेपालका पाठकहरू गोर्खाल्याण्ड आन्दोलनबारे उपन्यासबाट बुझ्न पाएकोले निक्कै रमाएका देखिएका छन्।

यता दार्जीलिङमा  ‘गोर्खा’-नामक जातीय छाता भत्काएर राज्य सत्ताले सबैलाई जातजातमा संरक्षण गर्ने कुटनीति गरिसकेको अवस्थामा फातसुङले गोर्खाल्याण्ड आन्दोलनबारे कुन आलोचनात्मक दृष्टिकोण दिएको होला भन्ने व्यापक ज्ञिज्ञासा निर्माण गरेको छ।

 

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया