बचन पुरा गर्नेको हत्या, नगर्ने चौकीमाः जाप

खबरम्यागजिन खबरदाता

कालेबुङ, 21 मई 2017


जन आन्दोलन पार्टीको युवा इकाईँले आज गोर्खालीग नेता मदन तामाङको 7 औं पुण्यतिथि पालनागरेसितै गोजमुमोमा राजनैतिक दवाब बनाइराख्न धर्ना प्रदर्शन पनि गऱ्यो। युवा इकाईका अमिर बस्नेतले भने अनुसार मदन तामाङ वास्तवमा नै साँचो नेता हुन्, उनको सैद्धान्तिकीले युवावर्गलाई प्रभाव पारेको छ। उनकै पथानुशरण गर्दै यो पुण्यतिथि पालना गरिएको हो।

‘मदन तामाङ बचनका पक्का थिए। उनले बरू म मर्छु गोर्खाल्याण्डको आन्दोलनलाई सानोतिनो कुरामा सम्झौता गर्न दिन्न भनेका थिए,’ जाप युवा नेता अमिरले भने, ‘मेरो घाँटी रेटियोस् जनताको आकांक्षा कुल्चन दिन्न भनेका थिए, उनैको हत्या भयो। मदन तामाङ मात्र यस्ता नेता हुन जसले आफ्नो बचन पुरा गरे।’

बस्नेतअनुसार जापका युवाहरूले यस्तै प्रतिबद्ध नेताहरूको सिद्धान्त पछ्याउँछ। भर्खरै गोर्खा जनमुक्ति मोर्चाले गोर्खाल्याण्डको नाममा भोट माग्यो। जनताले पनि दियो, तर मोर्चाले जनताले दिएको भोटको सम्मान गर्दै गोर्खाल्याण्डको निम्ति पहल गर्नुपर्छ।

‘मदन तामाङ, जो मुद्दाका लागि प्रतिबद्ध थिए, उनैको हत्या भयो। मदन तामाङले जे भनेका थिए, त्यो बचन पुरा गरे, किन भने उनी इमान्दार थिए’, बस्नेतले भने, ‘जसले 10 मईमा गोर्खाल्याण्ड ल्याउँछु भनेर पनि बचन पुरा गरेनन्, उनीहरू नै चौकीमा छन्। जसले गोर्खाल्याण्डको नाममा जनतालाई शहीद बनाए उनीहरू नै जीटीएमा छन्।’

जनतालाई प्रयोग गर्ने राजनीतिको विरोध गर्दै अनि मोर्चाले अब गोर्खाल्याण्ड ल्याउने बचन पुरा गर्नुपर्छ भन्दै जापका युवाहरूले धर्ना पनि गरे।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया

रसिलो, स्वादिलो गुन्द्रुकको निम्ति सम्पर्क गर्नुहोस 👇 [email protected] +919563441432

आजका समाचारहरू

विज्ञापन