सिक्किममा भाजपाको जीत निश्चित छः डीबी चौहान

Girl in a jacket

गान्तोक, 8 अप्रेल। मोदीको साथ सिक्किमको विकास नारालाई लिएर यो समय भाजपा सिक्किम प्रदेश सिक्किमका बाह्रवटा निर्वाचन क्षेत्रका विधानसभा उम्मेदवार अनि लोकसभा सभा उम्मेद्वारहरूमा चुनाउ प्रचारमा व्यस्त छ। केन्द्रमा “मोदी सरकार इन, चामलिङ सरकार आउट” जस्ता शपथ बोकेर भाजपा उम्मेदवारहरू सिक्किमको सबै क्षेत्रहरूमा आ- आफ्नो चुनाउ प्रचार गर्दैछन्। सिक्किमको चौतर्फी विकास, सिक्किम अनि आम सि्किमेलीहरूको उन्नति र सुरक्षालाई चुनाउको मुद्दा मात्र होइन यसलाई सिक्किमको मूल मुद्दा मानेर भाजपाले आफ्नो चुनाउ प्रचार तीव्र गरेको प्रेस बयानमा उल्लेख गरिएको छ। एसबी कार्कीद्वारा जारि गरिएको प्रेस बयानमा  भाजपा सरकारद्वारा सिक्किमको सर्वाङ्गीन विकासको लागि दिइएको 1 लाख करोड़ रूपियाँलाई मुख्यमन्त्री चामलिङले कहाँ खर्च गरे के त्यो रूपियाँ बाहिरको क्यासिनोमा लगाए आदि प्रश्न सजीव रहेको बताइएको छ।  सिक्किमको विकासको लागि धनराशी दिने सरकार सिक्किमको शत्रु  हुन् कि जनताको विकासहेतू दिइएको धनराशिलाई क्यासिनोजस्तो व्यापारमा खर्च गर्नेहरू सिक्किमका शत्रु हुन् यसको उत्तर जनतालाई दिइनुपर्छ भन्ने माग गरिएको छ।  भाजपाले सिक्किमे जनताको शत्रु को हुन् प्रश्न पनि उठाएको छ। यो समय सत्तासीन एसडीएफ नेता तथा मुख्यमन्त्री पवन चामलिङ  चौकीदार नारा॑ सुनेर धेरै आत्तिएको दाबी गरिएको छ। आत्तिएको फलस्वरूप नयाँ अवतारको कुरा बोल्दैछन् भन्न बताउँदै भाजपाले चौकीदारको डरको फलस्वरूप नयाँ अवतारको कुरा बोलेका हुन् भनि दाबी गरेको छ।  उनको नयाँ अवतारले उनको भ्रष्टाचारी नीति, उनको भ्रष्टाचारलाई छोप्ने होइन भन्ने भाजपाको दावी छ। जुनै अवस्थामा पनि उनको भ्रष्टाचारलाई उदाङ्गो गरिने भाजपाले सङ्कल्प लिएको छ। केन्द्रद्वारा आवण्टित एक लाख करोड़भन्दा अधिक राशि जनताको विकाससम्म नपुऱ्याउनु सत्तारूढ़ एसडीएफ सरकारको ठूलो भूल हो यसको सजाय अवश्य हुनेछ भनि प्रेस बयानमा चेताउनी दिइएको छ।  सिक्किममा कमल फूलको विजारोपण गरेर सिक्किममा जताततै विकास ढकमक्क फुलाउने आम जनतासमक्ष अपील गरेको छ। प्रधानमन्त्री नरेन्द्र मोदीले पाँच वर्षभित्र सिक्किमको विकासमा जे जति धनराशि खर्च गरे यसलाई देखेर सिक्किमे जनतामा मोदी सरकारमाथि विश्वास बढ़ेको छ। यस अनुरूप  सिक्किममा कमल फूल ढकमक्क फुल्ने कुरामाथि कुनै शङ्का नरहेको प्रदेश अध्यक्ष डीबी चौहानले दाबी गरेको उल्लेख छ।

मोदीको अनमोल विचार बोकेर आज सिक्किमका बाह्रवटा विधानसभा समष्टि तथा यहाँको एक मात्र लोकसभा आसनमा भाजपा प्रार्थीहरू लागिपरेका छन्। आरिथाङ निर्वाचन क्षेत्रका भाजपा प्रार्थी तथा भाजपा सिक्किम प्रदेश अध्यक्ष डीबी. चौहानले चुनाउ सम्बन्धी आफ्नो सम्बोधनमा राज्यमा भाजपाको विजय सुनिश्चित छ। विधानसभा समष्टिका उम्मेदवारहरूदेखि लिएर लोकसभा उम्मेदवार लातेन शेर्पाकोसम्म जीत सुनिश्चित छ। राज्यमा कमल फूलको विजारोपण भइसकेको छ। यसपालि चुनाउमा ढकमक्क भई फुल्ने कुरामा हामी विश्वस्त छौं। मोदी सरकारको  व्यापक सोच र देश, क्षेत्र विकासको महान् कार्यलाई आम सिक्किमे नागरिकले धेरै नजीकबट हेरेका छन्। फलस्वरूप यसपालिको चुनाउ भाजपाको जीत भन्ने संकल्प पनि तिनले व्यक्त गरे।

 

 

 

 

 

 

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया