आवश्यक परे ममता निकट राजिव कुमारबाट पक्राउको रोक सर्वोच्चद्वारा हटाइने

कोलकाता, 9 अप्रेल


सारदा चिटफन्ड घोटाला मामिलामा सीबीआईले चढाएको याचिकामाथि सुनवाई गर्दै सर्वोच्च न्यायालयले ममता व्यानर्जी निकट पूर्व कोलकाता पुलिस आयुक्त अनि अहिले अतिरिक्त महानिदेशक राजिव कुमारलाई जवाब मागेको छ।

सीबीआईले घोटलाबारेका प्रमाणहरू नष्ट गरेको अनि सोधीखोजीमा सहयोग नगरेकोले राजिवलाई हिरासतमा राखेरै सोधीखोजी गर्न पाउनुपर्ने याचिका दर्ता गरेको थियो।

सर्वोच्चले असहयोगबारे राजिवलाई जवाब माग्दै एक हप्ताको समय दिएको छ। सर्वोच्चका न्यायाधिश रञ्जन गोगोईले आवश्यक परेको खण्डमा उनीमाथिबाट पक्राउको रोक हटाइने पनि बताएका छन्।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया