माकपाले उठायो पहाडमा निष्पक्ष चुनाउ हुनुपर्ने माग

‘यसपल्ट राज्य सरकारले आफ्नो प्रशासनिक अधिकारको दुरूपयोग गर्ने सम्भावना धेरै छ,’ पाठकले भनेका छन्, ‘विभिन्न घटनाहरू हेर्दा प्रशासनिक सन्त्रास बढ्नै प्रबल सम्भावना छ। यसैले गर्दा केन्द्रिय बल लगाएर यो चुनाउ गराउनुपर्छ।’


सिलगढी, 9 अप्रेल


अहिले पहाडमा निष्पक्ष चुनाउ हुन नसक्ने उम्मेदवारहरूले अनुमान गरिरहेका छन्। हिजो भाजपा उम्मेदवार समर्थित ससै दलले चुनाउ आयोगलाई यसै विषयमा पत्र लेखेको छ। यता

माकपा उम्मेदवार समन पाठकलेसमेत प्रत्येक मतदान केन्द्रमा केन्द्रिय बल लगाएर चुनाउ गराउनुपर्ने माग उठाएका छन्।

‘यसपल्ट राज्य सरकारले आफ्नो प्रशासनिक अधिकारको दुरूपयोग गर्ने सम्भावना धेरै छ,’ पाठकले भनेका छन्, ‘विभिन्न घटनाहरू हेर्दा प्रशासनिक सन्त्रास बढ्नै प्रबल सम्भावना छ। यसैले गर्दा केन्द्रिय बल लगाएर यो चुनाउ गराउनुपर्छ।’

पार्टीले  चुनाउ आयोगसमक्ष कुरा राखेको पनि बताएका छन्।  यता माकपा नेता अशोक भट्टाचार्यले यसै सन्दर्भमा भने,  ‘राज्य पुलिस तृणमूल काङ्ग्रेसका कार्यकर्ताजस्तो भएर काम गरिरहेको छ। यस्तोमा कसरी निष्पक्ष चुनाउ हुन्छ? प्रत्येक मतदान केन्द्रमा केन्द्रिय बल लगाएर चुनाउ गराउनुपर्छ।’

उनले शुरुदेखि नै पहाडमा निष्पक्ष चुनाउ नेबारे सन्देह  व्यक्त गर्दै आइरहेका छन्। केही समयअघि उनले भनेका थिए, ‘चुनाउ अघि धेरै जिल्लाका जिल्लाशासक परिवर्तन गर्नेगरिन्छ। दार्जीलिङ जिल्लाकी जिल्लाशासकलाई पनि परिवर्तन गरिनुपर्छ। उनको उपस्थितिमा दार्जीलिङ जिल्लामा निष्पक्ष चुनाउ हुनै सक्दैन।’

भट्टाचार्यले दार्जीलिङका जिल्लाशासकलाई ‘राज्यको शासक दलको राजनीतिसँग जड़ित रहेको’-आरोपसमेत  लगाएका थिए। जिल्लाशासक तृणमूल काङ्ग्रेसका क्याडर रहेकैले पनि दार्जीलिङ जिल्लामा आउँदो लोकसभा चुनाउ निष्पक्ष नहुने भट्टाचार्यको दाबी हो।

 

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया