भाजपाको गोर्खाहरूलाई जनजाति मर्यादा दिलाउने वचनमा उत्तर-पूर्वाञ्चलका गोर्खाले ठूलो फड्को पार लाउने बलिष्ठ आधार भेट्यो- भुजेल

‘उत्तर-पूर्वाञ्चलमा बसोबास गर्ने गोर्खाहरूका लागि जनजाति मर्यादा हत्याउनु भनेको सर्वाधिकार पाएसरि हो। किनभने धेरै राज्यहरू र अटोनोमस काउन्सिलहरू छैटौं अनुसूची अन्तर्गत हुनाले समाधिकार पाउनु जनजाति हुनैपर्ने बाध्यता छ।


सिलगढी, 9 अप्रेल


असम गोर्खा सम्मेलनका कार्यकारी अध्यक्ष कृष्ण भूजेलले भाजपाले भारतभरिका (पञ्जाब र हरियाणा बाहेक) गोर्खाहरूलाई जनजाति मर्यादा दिलाउने वचन सङ्कल्प पत्रमा भित्राउने प्रतिबद्धतालाई स्वागत जनाएका छन्।

‘उत्तर-पूर्वाञ्चलमा बसोबास गर्ने गोर्खाहरूका लागि जनजाति मर्यादा हत्याउनु भनेको सर्वाधिकार पाएसरि हो। किनभने धेरै राज्यहरू र अटोनोमस काउन्सिलहरू छैटौं अनुसूची अन्तर्गत हुनाले समाधिकार पाउनु जनजाति हुनैपर्ने बाध्यता छ,’ भुजेलले सोसल मिडियामा आफ्नो मत राख्दै भनेका छन्।

उनले अबउसो अधिकारको लागि लड्नुको लागि बलिष्ठ आधार आफूहरूले पाएको पनि भनेका छन्। उनीअनुसार गोर्खालाई जनजाति मर्यादा हत्याउने सङ्घर्षका लागि पछिल्लो दौरमा २०१५-देखि अगोस र आग्सुले सहकार्य गर्दै आइरहेका छन्। जनजाति मुद्दा अघिबढाउनु असम गोर्खा सम्मेलन अघिबाट नै गम्भीर रहेको सङ्गठनको कार्यप्रणालीले स्वत: बताउँछ। जनजाति मुद्दालाई अघिबढाउनु काँधमा काँध मिलाउँदै पूर्ण सहयोग र भरपूर साथ अखिल असम गोर्खा छात्र सङ्घले दिइआएको छ।

‘अबउसो बलिष्ठ पदक्षेप निभाउनु पर्ने स्थितिमा अखिल असम गोर्खा छात्र सङ्घले अझै दह्रिलो भुमिका खेल्नु पर्नेछ। अल्पसंख्यक भए तापनि राष्ट्रिय स्तरमा गोर्खालीले गरेका सुकर्म, त्याग र बलिदानलाई नजरअन्दाज गर्नु सकिँदैन भन्ने कुराको ठहर सङ्कल्प पत्रमा जातिको सङ्लग्नताले बताउँछ,’ उनले भनेका छन्, ‘यस मुद्दालाई राष्ट्रिय पर्यायमा प्रतिष्ठापित गर्नुमा दार्जीलिङका गोर्खा नेतृत्वहरूको ठूलो योगदान छ। अ.गो.स.का माननीय अध्यक्ष रामप्रसाद शर्माको बलिष्ठ भुमिका सराहनीय छ।’

उत्तर-पूर्वाञ्चलका गोर्खाले ठूलो फड्को पारलाउने बलिष्ठ आधार भेटेको भन्दै उनले  जनजाति मुद्दा हासिल गर्नु अझै धेरै साङ्गठनिक मिहिनेत, राजनैतिक सह्रदयता र क्षेत्रिय सहयोग हत्याउनु पर्ने पनि उल्लेख गरेका छन्।

‘त्यसका लागि पूर्ण तत्पर छौँ अ.गो.स र आग्सु । त्यसैले खुशी लागेको छ, भाजपाको सङ्कल्प पत्रमाझ गोर्खा समस्या निदानको उपाय देखेर,’ उनले भनेका छन्, ‘अबउसो उत्तर-पूर्वाञ्चलका गोर्खाहरूको भोट खेर नजाओस् भन्न चाह्यौँ। गोर्खाको समस्याप्रति गम्भीर दलमाथि नै विश्वास राख्दा जातिको भलाई छ।’

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया