बाहिरका मानिसले पहाड बुझ्दैन- अरुप विश्वास

‘अहिलेसम्म राज्यको कुनै मुख्यमन्त्रीले गोर्खाहरूको चिन्हारीबारे बोलेका थिएनन्,’ उनले भने, ‘जुन चिन्हारीको सङ्कट हामीले भोगेका छौं, त्यसको जिम्मेवारी ममता व्यानर्जीले लिएकी छन्।’


कालेबुङ, 9 अप्रेल


कालेबुङको नगरपालिका क्षेत्रमा तृणमूल काङ्ग्रेस उम्मेदवार अमरसिह राईको पक्षमा रोड सो अनि थाना डाँडामा जनसभा गऱ्यो। बङ्गालका मन्त्री अरूप विश्वास प्रमुखरुपले उपस्थिति बनेको जनसभामा अनित थापा लगायतका नेताहरूले सम्बोधन गरेका थिए।

अरुप विश्वास कालेबुङको मञ्चबाट भाजपामाथि जमेर खनिए। उनले भने, ‘दस वर्ष भाजपाका कुनै सांसद पहाडमा देखा परेनन्। राजु विष्ट पनि मणिपुरका हुन्। पहाडलाई त भूमिपुत्र चाहिएको हो। जो ममताले दिएकी छन्।’

पहाडमा जेजति पनि विकास भएको छ, सबै ममता व्यानर्जीले गरेको भन्दै यसपल्ट पहाडलाई भूमिपुत्र दिएर अझ विकास गर्ने सोच राखेकी बताए।

‘बाहिरकाले पहाड बुझ्न सक्दैन। गोर्खाको सपना मेरो हो भन्ने व्यक्ति एकैदिन पनि दार्जीलिङ आएनन् तर पहाडको दुःखसुख बुझ्न ममता व्यानर्जी आइरहिन्,’ उनले भने, ‘पहाडका जनतालाई एउटा कागजमा हस्ताक्षर गर्न पऱ्यो भने दिल्ली पुग्नु पर्थ्यो, किन भने जसवन्त सिंह र एसएस अहलुवालिया दिल्लीमा बस्थे। तर अमरसिंह राईले जित्यो भने तपाईँले घरैमा त्यो हस्ताक्षर पाउनुहुन्छ।’

उनले नरेन्द्र मोदीले पहाडलाई मात्र होइन देशलाई नै झुट बोलेको भन्दै अच्छे दिन गोर्खाहरूको लागि नआएको तर नरेन्द्र मोदी र भाजपाको लागि भने आएको पनि बताए।

‘कालेबुङ, दार्जीलिङमा अच्छे दिन आएन, आयो त केवल भाजपाका नेता, नरेन्द्र मोदीको लागि आयो। 2 हजार 6 सय करोड रुपियाँ विदेश गएरै मोदीले उडाए। 60 करोड पनि दार्जीलिङलाई दिएको भए यहाँको व्यापक विकास हुन्थ्यो,’ उनले भने, ‘अच्छे दिन ममता व्यानर्जीले दिल्ली सम्हालेपछि मात्र आउँछ।’

यता अनित थापाले यसपालिको भोट अमरसिंह राईलाई, विनय समूहलाई वा तृणमूल काङ्ग्रेसलाई जिताउने भोट नरहेर चिन्हारी सुनिश्चित गर्ने भोट रहेको दाबी पनि गरे।

उनले कालेबुङका केही लेखकहरूले जनतालाई दिग्भ्रमित गरिरहेको अनि आन्दोलनको बेला सरकारसित कुरा मिलाउनु जाने पहिलो व्यक्ति शुभ प्रधान रहेको पनि खुलासा गरे।

‘अहिलेसम्म राज्यको कुनै मुख्यमन्त्रीले गोर्खाहरूको चिन्हारीबारे बोलेका थिएनन्,’ उनले भने, ‘जुन चिन्हारीको सङ्कट हामीले भोगेका छौं, त्यसको जिम्मेवारी ममता व्यानर्जीले लिएकी छन्।’

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया