युवा मोर्चा कालेबुङको प्रमुख समन्वयकमा तोपदेन भोटिया : भने-जनाकांक्षा पूरा गर्न म प्रतिबद्धरूपले अघि बढ्नेछु

‘पार्टीले मलाई विश्वास गरेर सुम्पेको दायित्वलाई म अक्षरस् पालन गर्नेछु,’ भोटियाले भने, ‘हाम्रो कुनै पनि कदम गणतान्त्रिक हुनेछ संविधान र कानूनलाई सम्मान गर्दै जनतालाई गणतान्त्रिक अधिकार दिलाउन अनि जनाकांक्षा पूरा गर्न म प्रतिबद्धरूपले अघि बढ्नेछु।’


कालेबुङ, 9 अप्रेल


हिज गोर्खा जनमुक्ति युवा मोर्चा केन्द्रिय समितिको कार्यकारी अध्यक्ष नमन राई बनेका थिए। राईको सङ्गठनप्रतिको मान्दारिता अनि कर्मनिष्ठाको सम्मान गर्दै केन्द्रिय समितिले उक्त निर्णय लिएको बताइएको थियो।

कार्यकारी अध्यक्षको भार वहन गर्ने वित्तिकै राईले सङ्गठनलाई बलियो गर्ने दिशामा पहल शुरु गरेका छन्। कालेबुङ शाखा युवा मोर्चाको प्रमुख समन्वयकको भार तोपदेन भोटियालाई दिएका छन्। भोटिया कालेबुङमा चर्चित राजनीतिज्ञ हुन्।

‘पार्टीले मलाई विश्वास गरेर सुम्पेको दायित्वलाई म अक्षरस् पालन गर्नेछु,’ भोटियाले भने, ‘हाम्रो कुनै पनि कदम गणतान्त्रिक हुनेछ संविधान र कानूनलाई सम्मान गर्दै जनतालाई गणतान्त्रिक अधिकार दिलाउन अनि जनाकांक्षा पूरा गर्न म प्रतिबद्धरूपले अघि बढ्नेछु।’

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया