11 अप्रेल : कालेबुङमा अमीत शाह, दार्जीलिङमा ममता

कालेबुङ, 9 अप्रेल


11 अप्रेलका दिन कालेबुङमा भाजपा राष्ट्रिय अध्यक्ष अमीत शाह आइरहेका छन् भने त्यसै दिन तृणमूल कङ्ग्रेस नेत्री ममता ब्यानर्जी दार्जीलिङ आइरहेकी छन्। तृणमूल कङ्ग्रेस अनि भाजपाका दुवै हेभिवेट नेताहरू एकैदिन पहाड आइरहेको कारण 11 अप्रेलका दिन दार्जीलिङको राजनैतिक परिवेश अझ गर्मिएर जाने निश्चित छ।

दार्जीलिङ लोकसभा संसदीय क्षेत्रका भाजपा प्रार्थी राजु विष्टका लागी 11 तारिख दिउँसो 11 बजी अमीत शाह कालेबुङ आउने भएका छन्। हालैमा प्रधानमन्त्री नरेन्द्र मोदी स्वयंले सिलगडीमा आएर राजु विष्टको प्रचारमा आयोजित जनसभामा सहभागि बनिसकेका छन् भने प्रधानमन्त्रीपछि भाजपाका राष्ट्रिय अध्यक्ष पनि विष्टको प्रचारमा कालेबुङ आइरहेका छन्।

भाजपाका कालेबुङ टाउन अध्यक्ष अन्नपूर्ण चतुर्वेदीले यसको पुष्टि गर्दै उक्त दिन कालेबुङको होम्सस्थित रोनाल्डसे पार्कमा जनसभालाई सम्बोधन गर्ने पनि जानकारी दिएकी छन्। 11 अप्रेल ममता ब्यानर्जीले दार्जीलिङमा तृणमूल कङ्ग्रेस प्रार्थी अमरसिंह राईको प्रचारमा सम्बोधन गर्नेछिन् भने अमीत शाहले विष्टको प्रचारमा सम्बोधन गर्नेछन्। यसदिन तृणमूल अनि भाजपाकै हेभिवेट नेताहरू आइरहेकोले कालेबुङ-दार्जीलिङ बङ्गालकै राजनैतिक केन्द्रविन्दु बन्ने निश्चित छ।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया