मल्ली क्षेत्रमा बुनियादी सुविधासम्म नभएको कारण परिवर्तन चाहियोः तिलक बस्नेत

गान्तोक,9 अप्रेल। सिक्किमको आम चुनाउ प्रचारको अन्तिम दिन चुनाउ प्रचारको घरदैलो  अभियानमा रहेको विपक्षी दल एसकेएमका  उम्मेद्वारा तिलक बस्नेतले 25 वर्षमा मल्लीका जनताले पाँचपल्ट सरकार बनाएर पनि बुनियादी सुविधासम्म पाउन नसकेको आरोप लगाएका छन्।  जनताको घर घरमा जाने क्रममा सदाम सुन्तले जाने सड़क मार्गको हालत विगत लामो समयदेखि सुधार गरेर कार्पेटिङका माग गरिएको भए पनि त्यत्ति पूर्वाधार समेत पुरा नगरिएको गुनासो राखे। यसैगरि उनले क्षेत्रका विभिन्न पाठशालाहरूको हालत उस्तै रहेको अनि शिक्षाको निम्ति राज्य सरकारको नीति गलत भएकै कारण अहिले धेरैवटा पाठशालाहरूमा विद्यार्थी भन्दा धेरै शिक्षक र कर्मचारी थुप्रिएको अवस्था आफ्नो चुनाउ प्रचार अभियानको क्रममा भेटेको दाबी गरे।

उनले क्षेत्रका 98 प्रतिशत जनताले एसकेएमको पक्षमा भोट हाल्ने निश्चित भएको दाबी गर्दै अहिले आफू जीत हुने कुरामा पूर्ण निश्चिन्त रहेको पनि बताए। यसगैर उनले आफ्नो प्रतिद्वन्दी फरवन्ती तामाङ नाम्ची बजारमा बसेर राजनीति गर्ने नेता रहेको तर आफू सधैँ हली कोदाले र खेतीहर आम जनतासित गाउँमा बस्ने मान्छे भएको कारण गाउँको सबै दुःख सुख बुझेको बताए। उनले एसकेएमको सरकारमा मुख्यमन्त्री र पार्टी अध्यक्षसमक्ष क्षेत्रको सबै समस्यालाई  स्पष्ट रूपमा ऱाखेर जनताको चाहना अनुसार कार्य गर्ने ठोकुवा गरे। उनले क्षेत्रको बारेमा आफूले सबै कुरा बुझेको हुनाले यसैको आधारमा जनताले आफूलाई मतदान दिनुपर्ने आह्वान पनि गरे।  उनले आफूले पाएको जनसमर्थ र आर्शिवाद रहेको दाबी गर्दै केही भोटले भए पनि जित्छु भनेर दिवा सपना समेत नदेख्दा हुन्छ भनि दाबी गरे। यसैगरि उनले मल्ली निर्वाचन क्षेत्रको एसडीएफका प्रार्थी मल्लीका जनताप्रति उत्तरदायी नरहेको  अनि एउटा हस्ताक्षर गर्नको निम्ति पनि नाम्ची धाउनुपर्ने बाध्यताबाट मुक्ति दिन  आफूलाई जिताउने आह्वान गरे।  यसैगरि आफूले सबै क्याम्पका मानिस र नेता भेटेर आफ्नो नीति बुझाएको अनि राजनीतिमा नयाँ विचार दिने प्रयास गरेको बताउँदै आफ्नो जीवनको अन्तिम पडाउसम्म राजनीति गर्ने अनि जनताको सेवाको निम्ति नितान्त रूपमा  जनसेवामा बिताउने तथा पाँचवर्षमा पक्कै पनि परिणाम देखाउने प्रतिबद्धता जाहेर गरे।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया