सिङ्ताम बजारमा जुनियर जीएम गुरुङको चुनावी प्रचारमा सम्पन्न

सिङ्ताम ९ अप्रेल। सिङ्ताम बजारमा आज एसडीएफ पार्टी उम्मेद्वार जी एम गुरुङको चुनावी प्रचार अभियानको एक विराँट रेली निकालियो। १७ खाम्दोङ सिङ्ताम समष्टिका विभिन्न वार्डबाट आएका एसडीएफ समर्थक जनता एंव पार्टी कार्यकर्ताहरु तथा उम्मेद्वार जी एम गुरुङको सहभागितामा एसडीएफ पार्टी कार्यालय भानु पार्क सिङ्तामबाट शुरु गरिएको आजको एसडीएफ पार्टीको अन्तिम रोड सो सिङ्तामको प्रमुख बजार हुँदै गोसखान डाँड़ा लाल बजार परिक्रमा गर्दै सिङ्ताम मण्डी बजारको वाटर फाउन्टेन परिसरमा पुगेर उक्त रेली समापन गरियो। उक्त रेलीमा एसडीएफ पार्टी कार्यकर्ताहरुसहित जनताहरुले हातहातमा एसडीएफ पार्टीको झण्डा र छाता बोकेर एसडीएफ पार्टी एंव अध्यक्ष तथा मुख्यमन्त्री पवन चामलिङसहित पार्टी उम्मेद्वार जी एम गुरुङको जय जयकारको नारा लगाउँदै नाँच गान गर्दै सिङ्ताम बजारको परिकर्मा गरे। उम्मेद्वार जी एम गुरुङले आफ्नो समष्टिका सबै पार्टी कार्यकर्ता जिल्ला पञ्चायत ग्राम पञ्चायत नगर पञ्चायत युवा चेलीहरुले चुनाउ प्रचार अभियानमा उत्कृष्ट जिम्मेवारी निभाइएकोले तथा समष्टिका एसडीएफप्रेमी जनताहरुले पनि सकारात्मक समर्थन जनाइएकोले अनि एसडीएफ सरकारले गरेको अनेकौं उल्लेखनीय विकासील कार्य र उलब्धिहरुको कारणले पनि आउँदो ११ अप्रेलको दिन १७ खाम्दोङ सिङ्ताम समष्टिका सबै मतदाताहरुले छाताको चिन्हमा बटन दबाएर आफूलाई भारी मतले जिताउने छन् भनी पूर्ण भरोसाको साथमा दावी गरेका छन्। श्री गुरुङले समष्टिका धेरै एसकेएम समर्थक जनताहरु एसडीएफ पार्टीमा फर्किआएको अनि भोलि र पर्सि बिहानसम्म अझ धेरै एसकेएम समर्थक जनताहरु एसडीएफ पार्टीमा आइसक्ने विश्वास व्यक्त गरेका छन्। वाटर फाउन्टेन परिसरमा ऱ्याली समापन गर्न गुप्त सुब्बाको सञ्चालनमा एक सभालाई पनि उम्मेद्वार गुरुङले सम्बोधन गरे।- नन्दु दूतराज

 

 

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया