भाजपाको जनसभा दलीय एकता प्रदर्शन : राजु विष्टले भने- गोर्खाको स्थायी समाधान  के हो मलाई थाहा छ (भिडियोसहित)

‘त्यो राजनैतिक समाधान के हुनसक्छ मौका पर्दा भनौला’, विष्टले भने, ‘तर जनजाति अनि स्थायी समाधान दुवै हामी पाउनेछौँ।’ विष्टले जुन दिन उनी सासंद बन्छन् सबैभन्दा पहिला भूमिगत भएका पाँचहजार आन्दोलनकारी कार्यकर्ताहरूलाई घर फर्काउने प्रतिवद्धता दोहोऱ्याएका छन्। ‘भाजपामा भरोसा गर्नुहोस्, मोदीमा भरोसा गर्नुहोस्’, विष्टले भने, ‘मोदी मात्र एकजना यस्ता प्रधानमन्त्री हुन् जसले हाम्रो दुःख बुझ्छन्।’


कालेबुङ, 9 अप्रेल


‘गोर्खाको जुन पुरानो सपना छ, त्यसको स्थायी राजनैतिक समाधान हामी गर्नेछौँ। त्यो स्थायी राजनैतिक समाधान के हो भन्नेकुरा मलाई थाहा छ तर म अहिले भन्दिन।’

उपरोक्त कुरा दार्जीलिङ लोकसभा समष्टिका भाजपा प्रार्थी राजु विष्टले भनेका हुन्। गोरूबथानमा आज भारतीय जनता पार्टीको चुनावी जनसभा सम्पन्न भयो।

जनसभामा मुख्य गरी लोकसभा उम्मेद्वार राजु विष्टले सम्बोधन गर्दै गोर्खाहरूको राजनैतिक स्थायी समाधानको कुरालाई भाजपाले आफ्नो चुनावी मेनिफेस्टोमा उल्लेख गरेको विषयलाई जोड दिँदै गोर्खाहरूको राजनैतिक स्थायी समाधान के हुनसक्छ भन्नेकुरा उनलाई जानकारी भएको दावी गरेपनि उनले त्यो स्थायी समाधान के हुन्छ भन्नेकुरा खुलाएनन्।

‘त्यो राजनैतिक समाधान के हुनसक्छ मौका पर्दा भनौला’, विष्टले भने, ‘तर जनजाति अनि स्थायी समाधान दुवै हामी पाउनेछौँ।’

विष्टले जुन दिन उनी सासंद बन्छन् सबैभन्दा पहिला भूमिगत भएका पाँचहजार आन्दोलनकारी कार्यकर्ताहरूलाई घर फर्काउने प्रतिवद्धता दोहोऱ्याएका छन्।

‘भाजपामा भरोसा गर्नुहोस्, मोदीमा भरोसा गर्नुहोस्’, विष्टले भने, ‘मोदी मात्र एकजना यस्ता प्रधानमन्त्री हुन् जसले हाम्रो दुःख बुझ्छन्।’

उनले आफ्नो सम्बोधनमा आफूले गोर्खाहरूको हरेक सपना पूरा गर्ने अनि जीत भाजपाकै हुने दावी गर्दै तृणमूल कङ्ग्रेसको आलोचना गरे।

‘उनीहरूसित पुलिस छ, हामीसित जनता छ’, विष्टले भने, ‘जहिले पनि जनताकै विजय हुन्छ।’

यसरी नै गोरामुमो प्रवक्ता निरज जिम्बाले यसलपल्ट भाजपाको मेनिफेस्टोलाई लिएर कुनै पनि विरोधाभास नरहेको अनि जनजाति र गोर्खाहरूको स्थायी समाधान गर्न भाजपाले प्रतिबद्धता जनाएको बताए।

‘जब दिल्लीले राजनैतिक समाधान हुन्छ भन्छ त्यसको सिमा बढेर जान्छ’,-जिम्बाले भने, ‘जब कलकत्ताले भन्छ तब त्यसको सिमा साँघुरिएर जान्छ। गोर्खाल्याण्डमा क्षेत्रीय प्रशासन जोडिए राज्यको ऐनभित्र आउँछ।’

उनले यदि गोर्खाहरूको राजनैतिक स्थायी समाधान हुन्छ भने गोर्खाल्याण्ड अथवा युटी भन्दा सानो नुहने दावी गरे।

जनसभालाई गोरानिमो अध्यक्ष दावा पाख्रिन, क्रामाकपाका किशोर प्रधान, जीएसएसका अञ्जनी शर्मा आदिले सम्बोधन गरेका थिए।

 

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया