एसडीएफ कार्यकर्ता जोना राईको हत्यारालाई चॉंडै पक्राउ गर्नुपर्छ: केटी ग्याल्छेन

गान्तोक, 10 अप्रेल। बहाई स्कूल रोडको हत्याकाण्डमा मारिएका व्यक्ति पंचमान राई उर्फ जोना राई सत्तारूढ एसडीएफ पार्टीको कर्मठ कार्यकर्ता रहेको बताउॅंदै एसडीएफका प्रवक्ता केटी ग्याल्छेनले उनको हत्या भएकोमा शोक व्यक्त गर्दै अपराधीलाई तुरून्तै पक्राउ गरेर कार्यवाही गर्ने माग गरेका छन्। घटनाबारे पत्रकारहरूले सोधेको प्रतिक्रियाबारे बताउॅंदै प्रवक्ता ग्याल्छेनले हत्या भएको व्यक्ति र उनको परिवार सत्तारूढ दलको स्थापनाकालदेखि नै निकटतम समर्थकको रूपमा जोडिएको हुनाले उनको हत्याले पार्टीलाई मर्माहत तुल्याएको बताए। मृतकका आमा ज्योति राई चेली मोर्चाको एउटा कर्मठ कार्यकर्ता 1993 सालदेखि नै रहीआएको हुनाले उनको परिवारमाथि आएको विपत्तिमा पार्टी परिवारको साथमा रहने बताएका छन्। हत्या कुन आधारमा भए अनि कसले गर्यो अनि मतदानको एकदिनअघि यसरी हत्या भएको कारण शान्ति श्रृंखलामा आघात पुग्ने भएकोले यसबारेमा चुनाउ आयोगले संज्ञानमा लिएर कठोरभन्दा कठोर कार्यवाही गर्नुपर्ने माग गरेका छन्। यसरी नै पुलिस प्रशासनले पनि घटनामा संलग्न अपराधीहरूलाई तुरून्तै पक्राउ गरेर कानून सम्मत कडाभन्दा कडा दण्ड दिनुपर्ने माग गरे। अर्कोतिर, प्रवक्ता ग्याल्छेनले हत्या भएको व्यक्ति जोना राई स्वयं पनि एसडीएफ पार्टीको कार्यकर्ता रहेको अनि उनको सदस्यता पत्र पनि देखाएर पार्टीको तर्फबाट उनको निधनमा समवेदना प्रकट गरे

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया