आलोचना सहन नसकेपछि ममताले लगाइन् फिल्ममा प्रतिबन्ध : सर्वोच्चले हान्यो ममतालाई बाँस

कोलकाता, 11 अप्रेल


फिल्म निर्देशक अनिक दत्तले एउटा फिल्म बनाए। भविष्येर भूत। जहाँ ममता लगायत अन्य नेताहरूको पार्टीलाई कटाक्ष गरिएको छ। तर मुख्यमन्त्री ममता व्यानर्जीले भविष्येर भूत-को आलोचना सहन सकिनन्।

तुरुन्तै उनले फिल्मलाई प्रतिबन्ध लगाइन। तर अनित दत्त पनि के कम, उनले ममता व्यानर्जी र उनको सरकारको दादागिरी उल्लेख गर्दै सर्वोच्च न्यायालयमा मुद्दा ठोके।

त्यसैको सुनवाई गर्दै सर्वोच्चले ममतालाई गतिलो झट्का दियो।

15 फरवरी फिल्म प्रदर्शित भयो। 16 फरवरीदेखि कलकताका कुनै हलमा फिल्म लाग्न प्रतिबन्ध गरियो। ममता सरकारको यस्तो  दादागिरीको विरुद्ध  बङ्गला फिल्म इण्डस्ट्री नै सडक उत्रियो।

प्रतिबन्ध लगाएकोमा सर्वोच्चले ममता सरकारलाई 20 लाख रुपियाँ ‘जुर्माना’ तोकेको छ। सर्वोच्चले भनेको छ, ‘20 लाख रुपियाँ अनिक दत्त र हलका मालिकहरूलाई ममताले दिउन्।’

 

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया