अमितको जनसभामा बङ्गाल प्रशासनले गऱ्यो गुल्चे : हिँडेरै पनि जनसभामा पुग्दैछन् राजु समर्थक

कालेबुङ, 11 अप्रेल


कालेबुङमा भाजपा अध्यक्ष अमित शाह राजु वष्टको पक्षमा बोल्न आए। तर राजुका समर्थक एवं गोजमुमो, गोरामुमो, क्रामाकपा, तथा अन्य दलका समर्थकहरूलाई जनसभा स्थल पुग्नै हम्मे पऱ्यो। गोर्खा जनमुक्ति मोर्चाको आरोप छ, ‘पहिलो त मोबाइल नेटवर्कमा नै अचानक समस्या भयो। अर्कोतिर ट्राफिक नै व्यवस्थित गरेन। यी सबै बङ्गाल प्रसासनले जानी बुझी गरेको हो।’

कालेबुङमा अबेरसमय मात्र इन्टरनेट चलेको बताइएको छ। कतिवटा कम्पनीहरूको अझसम्म नेकवर्क छैन। मोर्चाले भनेका छन्,  ‘यति मात्र होइन कालेबुङ आउँदै गरेको हाम्रा समर्थकहरूलाई चारैतिर ट्राफिकको समस्या देखाएर अहिलेसम्म पुलिसले बाटो रोक्यो। हाम्रा समर्थकहरू लामो बाटो हिँडेरै जनसभा स्थल पुगिरहेका छन्।

मोर्चाले अझ भनेका छ, ‘पुलिस प्रशासनले जतिनै कोल्टे षड्यन्त्र गरे पनि जनसैलाब थामिने छैनन्।
कालेबुङमा पुलिस प्रशासनले जनतालाई आजको कार्यक्रममा जान रोक्न लाख कोसिस गरेता पनि जनता पैदल नै भए पनि कार्यकम स्थल आइपुग्दैछन्।’

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया