मोदी सरकार आउनेसाथ गोर्खा उपजातिहरूलाई जनजाति बनाउने घोषणा: अमीत शाहले भने,  गोर्खाहरूको सङ्घर्षको अन्त 26 मईमा हुनेवाला छ(भिडियोसितै)

‘सुवास घिसिङदेखि लिएर आजसम्म तपाईँहरूले जुन सङ्घर्ष गर्नुभएको छ, जुन बलिदान दिनुभएको छ, जुन यातना, जुन वेदना उठाउनुभएको छ त्यो सारा वेदना र सङ्घर्षको अन्त्य 26 मईमा हुनेवाला छ’-शाहले भने, ‘कसैले जस्तै जुलुम किन नगरोस् सत्यको अघि जित्नु सक्दैन। सत्य गोर्खा अनि पहाडबासीको साथमा छ, यसैले तपाईँहरूको विजय निश्चित छ।’


प्रज्ज्वल छेत्री/कालेबुङ, 11 अप्रेल:  केन्द्रमा नरेन्द्र मोदीको सरकार आउनेबित्तिकै भारतभरिका गोर्खा समुदाय अन्तर्गतका उपजातिहरूलाई जनजातिको मर्यादा दिइने भएको छ। भाजपाले चुनावी मेनिफेस्टोमा पनि सोही कुरा उल्लेख गरेको छ भने आज कालेबुङमा सम्पन्न भाजपाको चुनावी जनसभालाई सम्बोधन गर्दै भाजपा राष्ट्रिय अध्यक्ष अमीत शाहले पनि सोही कुरा दोहोऱ्याएका छन्।

‘हामीले हाम्रो घोषणापत्र घोषित गरेका छौँ’-कालेबुङको रोनाल्डसे पार्कमा आयोजित भाजपाको जनसभालाई सम्बोधन गर्दै राष्ट्रिय अध्यक्ष अमीत शाहले भने, ‘घोषणा-पत्रमा हामीले भनेका छौँ, जुन बाँचेका गोर्खा उपजातिहरू छन् दोस्रोपल्ट मोदी सरकार बनेलगत्तै ती सबै गोर्खा उपजातिहरूलाई हिन्दुस्तानभरि ट्राइबलको सट्याटस दिने काम भाजपा पार्टीको सरकारले गर्नेछ।’

दार्जीलिङ लोकसभा समष्टिका उम्मेद्वार राजु विष्टको चुनाउ प्रचारका निम्ति कालेबङको होम्स परिसरमा अवस्थित रोनाल्डसे पार्कमा आज भाजपाको चुनावी जनसभा सम्पन्न भएको थियो। यसै जनसभामा प्रमुख रूपमा उपस्थित बन्न आएका भाजपा राष्ट्रिय कार्यकारी अध्यक्ष अमीत शाहले गोर्खाहरूलाई जनजातिको मर्यादासितै पहाडबाट भूमिगत हुनपरेका पाँचहजार आन्दोलनकारीहरूलाई भाजपा सरकारले नै घर फर्काउने घोषणा गरे।

‘आज अनेक गोर्खा परिवार घर छोडेर बाहिर जान बाध्य छन्’-शाहले भने, ‘ ती नेताहरूलाई दिल्लीमा बारम्बार भेटेको छु। उनीहरूको आँखामा वेदना देखेको छु। आफ्नो मातृभूमिबाट पलायन हुनपरेको छटपटाहटलाई अनुभव गरेको छु। उनीहरूलाई सैकडौँ मुद्दा लगाइयो, जेलमा लगाउने षड्यन्त्र भयो। भाजपा यी नेताहरूको साथमा चट्टान भएर खडा छौँ। हामीलाई कसैको डर छैन। आज भएन भने पनि भोलीको दिनमा उनीहरूसित पक्का न्याय हुनेवाला छ, म त्यही भन्न आएको छु।’

शाहले एनआरसीलाई लिएर गोर्खाहरूलाई डर देखाउने काम भइरहेको भन्दै ममता ब्यानर्जीलाई पनि चेताउनी दिए।

‘एनआरसीले गोर्खाहरूलाई आपत्ति गर्छ भनेर दिल्लीले डर देखाउँदैछ’-शाहले भने, ‘यदि मभन्दा पनि धेर कोही हिन्दुस्थानी छ भने त्यो गोर्खाहरूको हो। उनीहरूलाई कसैले देशबाहिर गर्न सक्दैन। सैकडौँ युद्ध बीरताको साथ लडेर भारतीयको लागि खुन बनाउने पराक्रमी गोर्खा जातिलाई कसले विदेशी भन्नसक्छ? शाहले ममता ब्यानर्जीलाई चेताउनी दिँदै गोर्खाहरूलाई नभड्काउन आग्रह गरे।

‘पूरा उत्तरपूर्व, बङ्गाल अनि पहाडमा घुसपैठहरू पसेर दिमाग सरह देशलाई चाट्दैछ’-शाहले भने, ‘हामीले एनआरसी यसकारण ल्याएका हौँ कि घुसपैठहरूलाई छानीछानी निकाल्न सकियोस्। तर ममता दिदीले यसको विरोध गर्दैछन् अनि उनीहरू कहाँ जान्छन्? के खान्छन्? के गर्छन् भन्दैछन्। घुसपैठहरूको चिन्ता हुने ममता दिदीलाई आफ्नै अत्याचारको कारण बाहिर बस्नपरेको पाँचहजार परिवारको चिन्ता हँदैन?’

शाहले प्रश्न गर्दै भाजपाले यसपल्ट सिटजनसिप एमेन्टमेन्ड बील ल्याउने अनि त्यही बील अन्तर्गत हिन्दु, सिख, ईसाई लगायतका सबै धर्म र जातिका शरणार्थीहरूलाई देशको नागरिकाता दिने योजना रहेको कारण एनआरसीलाई लिएर गोर्खाहरू डराउनु नपर्ने बताए। उनले ममता ब्यानर्जीले यसमा पनि आपत्ति गरेर शरणार्थीहरूलाई नागरिता नपाउन् भन्ने चाहेको बताए।

शाहले जनसभालाई सम्बोधन गर्दै 23 मईमा चुनाउ परिणामपछि पुन: भाजपाको सरकार आएको खण्डमा गोर्खाहरूको सङ्घर्षको अन्त्य हुने दावी गरे।

‘सुवास घिसिङदेखि लिएर आजसम्म तपाईँहरूले जुन सङ्घर्ष गर्नुभएको छ, जुन बलिदान दिनुभएको छ, जुन यातना, जुन वेदना उठाउनुभएको छ त्यो सारा वेदना र सङ्घर्षको अन्त्य 26 मईमा हुनेवाला छ’-शाहले भने, ‘कसैले जस्तै जुलुम किन नगरोस् सत्यको अघि जित्नु सक्दैन। सत्य गोर्खा अनि पहाडबासीको साथमा छ, यसैले तपाईँहरूको विजय निश्चित छ।’

उनले चियाबगानको प्रसङ्गमा भने अनुसार भाजपा सरकारले चियाबगान मजुदरहरूका निम्ति मानधन योजना ल्याएको छ जुन योजना अन्तर्गत 60 वर्षपछि तीनहजार रुपियाँ पेन्सन दिइन्छ। आसाममा भाजपा सरकार भएकोले त्यहाँका चियाश्रमिकहरूलाई दुईपल्ट 25-25 सय सहयोग राशी दिएको थियो गर्भवती महिलाहरूका निम्ति 12 हजार रुपियाँ सहयोग राशी दिइन्छ। उनीहरूका निम्ति ब्याक एकाउन्ट खोलियो, सरकारले स्मार्ट फोन धियो। अब चियाबगानका श्रमिकहरूका निम्ति पाँच लाख रुपियाँसम्मको स्वास्थ्य खर्च दिइने घोषणा गर्दै यस्तो व्यवस्था बङ्गालमा छ कि छैन भन्दै ममता ब्यानर्जीलाई प्रश्न गरे।

‘यदि भाजपाको सरकार भनियो भने लघु उद्योग, न्यूनजम मजदुरी एवं चियाबगानको लागी विशषज्ञ समिति बनाउनेछौँ’-उनले भने, ‘समितिले तीन महिनाभित्र रिपोर्ट बुझाउनेछ अनि चियाबगानहरलाई अघाडीको दिशामा लान्छ।’

आफ्नो सम्बोधनमा उनले मुख्यमन्त्री ममता ब्यानर्जीको जमेर आलोचना गरे।

‘गोर्खाहरूको बीरता, दार्जीलिङको चिया, लोकगीत र नृत्यले प्रसिद्ध पहाडवासी शान्तिर अमनको सन्देश दिने भारतीय हुन्’-शाहले भने, ‘यहाँको हरियाली, लहलहै परेको रूखपात, शितलतासित आउने सूर्यदेव इत्यादिले गर्दा यहाँ संसारभरिको पर्यटक ल्याउनु सकिन्छ। तर  सूर्यदेवसता ममताले अत्याचाले यहाँको बादीलाई तहसनहस गरिदिएको छ।’

उनले बङ्गालकी मुख्यमन्त्रीको काम सेन्डिकेट माफिया, गौ तस्करी, अफिस र नार्कोटिकको तस्करी, देशविरोधी तत्वलाई प्रोत्साहन, राष्ट्रप्रेमी गोर्खाहरूलाई अत्याचार गर्नुमा मात्र सिमित भएको आरोप लगाए। उनले ममता ब्यानर्जीले भ्रष्टचार गर्न अनि जातिवाद र परिवारवादको निम्ति मात्र सत्ता चाहिरेहको आरोप लगाए।

‘जुनदिन मतगणना हुन्छ भाजपाले बङ्गालमा 23 भन्दा धेर सिट जित्नेछ’-शाहले भने, ‘अनि त्यही दिन ममता दिदीको मृत्युदण्ड बज्नु तय छ।’

उनले विभिन्न राष्ट्रिय मुद्दाहरूमा समेत ममता ब्यानर्जीले बाधा पुऱ्यएर देशविरोधी  तत्वहरूलाई सहयोग पुऱ्याएको प्रसङ्गहरू उठान गर्दै ममता ब्यानर्जीलाई भाजपाले नै बङ्गालबाट उखेल्ने दावी गरे। यसै प्रसङ्गमा उनले भाजपा प्रार्थी म्यानेजमेन्टमा अवुभवी रहेको अनि गोर्खा रहेको कारण नै प्रार्थी बनाएर पठाएको भन्दै यदि गोर्खाहरूको समस्या समाधान गर्नु हो भने ममता सरकारलाई हटाउन जरूरी रहेको बताए।

जनसभामा भाजपाका केन्द्रिय नेतृत्वहरूसितै, भाजपा प्रार्थी राजु विष्ट, भाजपा जिल्ला अध्यक्ष मनोज देवान, गोरामुमो अध्यक्ष मन घिसिङ, प्रवक्ता निरज जिम्बा, विधायक सरिता राई, क्रामाकपाका किसोर प्रदान, गोजमुमो कार्यकारी अध्यक्ष लोप्साङ लामा, क्रामाकपाका किशोर प्रधान, गोरानिमोका दावा पाख्रिन, गोर्खालीगका प्रताप खाती आदिको विशेष उपस्थिति थियो।

 

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया