ममता व्यानर्जीले लिइन् जब विमल गुरुङको नाम, जनसभामा तब भयो खैलाबैला

‘तपाईँहरूको कहिले कहिले आइण्डिटीको सवाल आउँछ। आइडेन्टी त हुनुपर्छ। म बङ्गाली हुँ, मेरो पनि एक आइडेन्डीटी छ। गोर्खाहरूको पनि हुनपर्ने हो। यसमा अफ्ठ्यारो के छ। मैले 2014मा एउटा डाटा लेखेको थिएँ। यहाँ 11 कम्युनिटी छ। उनीहरूलाई सेड्युल ट्राइपको स्टाटस देउ भनेर मैले केन्द्रलाई लेखेको हुँ। पाँचवर्षदेखि कोसिस गरिरहेको छु। एउटै काम गरेन केन्द्रले। कतिदिनदेखि तपाईँहरूले माग्नु भयो, सेन्ट्रल युनिभर्सिटी। तर दिएन। मलाई विनयहरूले गुनासो सुनाए। मैले भीक नमाग्नु, म हिल युनिभरर्सिटी दिन्छु भनें। दिएँ। खरसाङलाई प्रेसिडेन्सी युनिभर्सिटी दिएँ’, उनले भनिन्।


खरसाङ, 12 अप्रेल


खरसाङमा अमरसिंह राईको पक्षमा भोट माग्न पुगेकी थिइन् मुख्यमन्त्री ममता व्यानर्जी। उनले आफ्नो कुरा शुरु गरिन्। शुरुमानै उनले आफ्ना नेताहरूलाई सम्बोधनमा राख्दै गइन्।

यसै क्रणमा अचानक उनले विमल गुरुङको नाम लिइन्। विमल गुरुङको नाम लिने वित्तिकै मञ्चमा हङ्गामा मच्चियो। दर्शकदिर्घामा पनि उस्तै हङ्गामा। ‘विमल गुरुङ होइन, विनय तामाङ…’ समर्थक तलबाट कराए।

अचानक समर्थकहरू कराउन थालेपछि ममता व्यानर्जी अन्योलमा परिन्। छेउमा बसिरहेको एक नेताले कानमा सुनाइन्। तब पनि कुरा नसुध्रिएपछि विनय तामाङ आफै कानेखुशी गर्न पुगे।

त्यसपछि पो मुख्यमन्त्रीले चाल पाइन्, उनको मनमा भएको कुरा मुखबाट चिप्लिसकेको कुरा। त्यसपछि सुधारिन्, यत्रो वर्ष सँगै काम गरेको कारण….’

यता यो भिडियो भाइरल हुने वित्तिकै विमल समूले यसलाई ट्रोल बनाउँदै भनिरहेका छन्, ‘ममता व्यानर्जीको निद्रा विमल गुरुङले उडाइसकेको छ। त्यसको नमूना नै आजको भाषण हो…’

आज दिनभरि नै सबैको मुखमा यही घटना झुण्डिएको थियो।

LAUGH OUT Lari Bari bhui bhari gardai😄😄🤣🤣😂😂😅Seems Single Bimal Gurung has given sleepless nights to Miss Momata didi… That she doesn't remember poor Binay Jojo .Don't miss : Binay Jojo scratching his head and Aroop dada running wildly at the end … 😋😋😅😅🤣🤣😂

Gepostet von गोरखा जनमुक्ति युवा मोर्चा केंद्रीय समिति am Freitag, 12. April 2019

विकासको आश्वासन

शुरुमा रटेको भाषण सुनाइन्। भनिन्, ‘मो  पहाड़लाई मया गोर्छु, यहाँ  विकास गोर्न चहान्छु। हाम्रो प्रार्थी अमोरसिंह रायलाई भोट दिएर जितानुस।’

उनको कुरा पुरानै थियो, पहाड़ र मधेसमाझ विकासको ब्रिज निर्माण गर्ने। भनिन्, ‘चिन्ह्र हाम्रो भए पनि  प्रार्थी तपाईहरूकै भूमिपुत्र हुन्। म पहाड़ र मधेसमै गोर्खे प्रार्थीको लागि भोट माग्दैछु।’

उनले बिमल रोशनहरूले पैसा कमाएर विदेश गएको सुनाइन्। भनिन्, उनीहरूले आफ्नो माटो हेर्दैनन्। दिल्लीबाट नेता ल्याए, जिताए। 5 वर्ष केही गरेनन्। तर अब हामी गर्छौं। कम्प्युटर इण्डस्ट्री, इन्टरनेट इण्डस्ट्री, आईटी इण्डस्ट्री खोल्न चाहान्छु। अब यहाँका  बेरोजगारहरू काम गर्न बाहिर जानु पर्दैन।’

उनले खरसाङलाई एडुकेशन हर्ब बनाउने, यहाँको महकुमा अस्पताल सार्ने, कार पार्किङ बनाउने आश्वासन दिइन्। उनले खरसाङमा सक्टिक हाउस बनाउने बताइन्। उनले आफ्नो कामको तारिफ पनि गरिन्। ‘बङ्गालको कन्याश्री योजना युएनओबाट पहिलो पुरस्कार जित्न सफल भयो। विश्वभर बङ्गालको नाम छ,’ उनले भनिन्।

भाजपामाथि पनि खनिइन्। ‘मोदीले सेनाको नाममा भोट माग्दैछन्। देश रक्षा गर्न सेना शहीद हुन्छन् तर सेनाको नाममा राजनीति नहोस्।  मोदीले प्रत्येकलाई 15 लाख दिन्छु भनेर ढाँटे।  भ्रष्टचारको पैसा पनि ल्याउन सकेनन्। देशमा 12 हजार किसानहरुले आत्माहत्या गरे। चौकीदार आफै लुटेरा हुन्।’

विकासको चिन्हारी

उनले बङ्गालमा बङ्गालीहरूको चिह्नारी रहेको सुनाइन्। ‘तपाईँहरूको कहिले कहिले आइण्डिटीको सवाल आउँछ। आइडेन्टी त हुनुपर्छ। म बङ्गाली हुँ, मेरो पनि एक आइडेन्डीटी छ। गोर्खाहरूको पनि हुनपर्ने हो। यसमा अफ्ठ्यारो के छ। मैले 2014मा एउटा डाटा लेखेको थिएँ। यहाँ 11 कम्युनिटी छ। उनीहरूलाई सेड्युल ट्राइपको स्टाटस देउ भनेर मैले केन्द्रलाई लेखेको हुँ। पाँचवर्षदेखि कोसिस गरिरहेको छु। एउटै काम गरेन केन्द्रले। कतिदिनदेखि तपाईँहरूले माग्नु भयो, सेन्ट्रल युनिभर्सिटी। तर दिएन। मलाई विनयहरूले गुनासो सुनाए। मैले भीक नमाग्नु, म हिल युनिभरर्सिटी दिन्छु भनें। दिएँ। खरसाङलाई प्रेसिडेन्सी युनिभर्सिटी दिएँ’, उनले भनिन्।

निम्नत्तम रोजगारको लागि कमिटी बनाउने, पर्जापट्टाको लागि रिभ्यु कमिटी बनाउने, सिस्टर निवेदिता, सुबासचन्द्र बोस, भानुभक्त आदिको विषयमा काम गरिरहेको सुनाइन्।

भाजपाको एनआरसी लागू गर्नै नदिने कसम पनि खाइन्।  आसामबाट 40 लाखको नाम काटिएको, नेपाली र बङ्गालीहरूलाई हटाएको भाजपाको नागरिक बिल लागू हुन नदिने बताइन्।

उनले थपिन्, ‘म दार्जीलिङलाई दिलबाट माया गर्छु, तपाईहरू मलाई साथ दिनुस्। पहाड़मा लिडरहरू एक भएर पहाड़को विकास र आइडेन्टीटीको लागि तयार बस्नुस्।  दार्जीलिङ हिन्दुस्तानको गर्व हो। अब दार्जीलिङबाट जितेर दिल्ली क्याप्चर गर्नुपर्छ। दिल्लीमा सरकार परिवर्तन गर्नुपर्छ।’

जीटीए उपाध्यक्ष अनित थापाको अध्यक्षता र बलराम छेत्रीको सञ्चालनमा सम्पन्न जनसभालाई प्रार्थी अमरसिंह राई, उपाध्यक्ष अनित थापा, करूणा गुरुङ, छिरिङ दाहाल, एलबी राईले पनि सम्बोधन गरेका थिए भने स्वागत सम्बोधन किशोर थापाले राखेका थिए।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया