128औं अम्बेडकर जयन्तीमा मुख्यमन्त्री चामलिङले भने, वर्ण व्यवस्था समाजको पीर हो यसलाई सार्नु हुँदैन यसलाई मार्नुपर्छ तब समाजमा समानाता आउँछ

Girl in a jacket

“अनुसूचित जातिमा कामी, दमाई, सार्की बीच पनि  एकता नरहेको आफै भित्र वर्ण व्यवस्था राखिएको तथा सबैभन्दा मूनी राखिएको जातिको परिवारमा पनि महिलाहरूलाई  हेपिने  प्रथासमानताको निम्ति लड्ने संघर्षहरूमा अनुसूचित जातिलाई कमजोर पारिराखेको छ। “


गान्तोक, 14 अप्रेल। भारतको संविधान निर्माण समितिका अध्यक्ष तथा प्रथम भारत रत्न डॉ. भीम राव अम्बेडकरको 128औं जन्म जयन्ति सिक्किमको राजधानी गान्तोकमा भव्यताको साथमा पालन गरिय। राज्यपाल गङ्गा प्रसाद मुख्य अतिथिको रूपमा उपस्थित थिए भने मुख्यमन्त्री पवन चामलिङ विशिष्ठ अतिथिको रूपमा उपस्थित थिए। कार्यक्रमको आरम्भ विधानसभा परिसरमा रहेको अम्बेडकरको प्रतिमामा मुख्य अतिथि विशिष्ठ अतिथि र अतिथिहरूले माल्यापर्ण गर्दै श्रद्धा सुमन अर्पण गरे पछि मूल कार्यक्रम चिन्तन भवनमा आयोजन गरिएको थियो।

सिक्किम सरकारको सामजिक न्याय सशक्तिकरण एंव कल्याण विभागको समन्वयमा अखिल सिक्किम अनुसूचित जाति कल्याण संगठनले आयोजन गरेको अम्बेडकर जयन्तीमा आफ्नो सम्बोधन राख्दै मुख्यमन्त्री चामलिङले दलित समुदायलाई माथीबाट हेपिएको हो भने पनि समाजमा आफै शिक्षा र अन्य दिशामा अघि आएर आफू दलित हुँ भन्ने सोचबाट बाहिरिएर त्यो भावनालाई जितेर उठ्नुपर्ने समय आएको बताए। उनले दलित वर्गभित्र पनि वर्ण व्यवस्था रहेको कारण आपसमा मतभेद हुने भएको कारण एकार्कामा एकता नहुँदा बाहिरबाट थोपिएको वर्ण व्यवस्थाले झन धेरै जरा गाड्ने भएको बताए। अनुसूचित जाति समुदायमा पनि वर्ण भेद राखिएको हुनाले समस्या देखिएको पनि बताए।  उनले अनुसूचित जाति भनेर कुनै समुदायलाई हेप्नुको निम्ति नभएर भीम राव अम्बेडकरले पनि संविधानमा 30 वर्षभित्रमा यो समुदायको सामाजिक आर्थिक र शैक्षिक व्यवस्थामा विकासको निम्ति राखेको तर त्यो सधैँ भरिको निम्ति नभएको जस्तै संविधानले यो समुदायबाट बाहिर निस्कन सक्ने प्रावधान पनि राखेको बताए। उनले सिक्किमकै माझी समुदाय अनुसूचित जातिबाट बाहिरिएको अनि आफूलाई आफ्नो स्तरबाट पीरबाट मुक्ति लिएको बताए। उनले अनुसूचित जातिमा कामी, दमाई, सार्की बीच पनि  एकता नरहेको आफै भित्र वर्ण व्यवस्था राखिएको तथा सबैभन्दा मूनी राखिएको जातिको परिवारमा पनि महिलाहरूलाई  हेपिने  प्रथासमानताको निम्ति लड्ने संघर्षहरूमा अनुसूचित जातिलाई कमजोर पारिराखेको  विचार पोखे यसबाट उन्मुक्ति खोज्नुपर्ने तब वर्ण व्यवस्थाको उचित विरोध गरेर आफूलाई समानतामा उभ्याउन सक्ने बताए।

यसैगरि मुख्यमन्त्रीले वर्ण व्यवस्था समाजमा माथिबाट थोपिएको हो भने पनि तल्लो स्तरमा पीर बनेर पुगेको हुनाले यसलाई पीर सार्नुको साटो मार्नु पर्ने आह्वान गर्दै यसो गरेको खण्डमा मात्र समाजमा समानता आउँने बताए। उनले भीम राव अम्बेडकरले गरेको योगदान र कर्महरूबाट शिक्षा लिनुपर्ने पनि बताए। यसैगरि दलित साहित्य अध्ययनको निम्ति राजधानी गान्तोकमा अनुसूचित जातिका युवाहरूलाई दलित साहित्य अध्ययन पुस्ताकालय गठन गर्ने आह्वान पनि गरेका छन्। युवाहरूलाई अलि धेरै वैचारिक सोचमा अघि आउने आह्वान गरे। यसैगरि उनले एसडीएफ सरकारले सामाजिक न्यायमाथि गरेको कार्यहरूमाथि पनि अध्ययन गरेर शोध गर्नु हो भने अहिलेसम्म देशमा चलिरहेको जातपात र भेदभावको राजनीति र सबै कुरा समाप्त भए समान समाजिक न्यायको राष्ट्रमा परिणत हुने थियो भन्ने मन्तव्य व्यक्त गरे।

यसैगरि मुख्य अतिथि राज्यपाल गंगा प्रसादले अम्बेडकरको योगदानबारे संक्षिप्त जानकारी दिँदै उपस्थित विद्यार्थीहरूलाई उनको कर्मबाट शिक्षा लिनुपर्ने आह्वान गरे। यसैगरि देशमा सिक्किममात्र एउटा यस्तो राज्य रहेको जहाँ वर्णभेद र अस्पृश्यता जस्तो भेदभाव नरहेको कुरालाई देशको अन्य राज्यहरूले पनि उदाहरणको रूपमा लिएर लागु गर्नुपर्ने बताए। उनले अम्बेडकरले जसरी छुवाछुतको निम्ति संघर्ष गरे त्यसबाट अभिप्रेरित बनेर समाजमा परिवर्तनको निम्ति योगदान दिनुपर्ने आह्वना गरे।

कार्यक्रममा सिक्किमेली राजनीतिमा अनुसूचित जातिबाट विशिष्ठ योगदान दिएकोमा सम्मान जनाउँदै पूर्व मन्त्री श्रीमती निरू सेवालाई अभिनन्दन जनाइयो। यसैगरि सिक्किमबाट राष्ट्रिय स्तरमा क्रिकेटमा नाम कमाउने क्रिकेटर निलेश लामिछानेलाई खेलकूद जगतमा योगदानको निम्ति अभिनन्दन जनाइयो। यसैगरि मुख्यमन्त्री चामलिङकै तत्परतामा शुरु गरिएको अम्बेडकर छात्रवृत्ति प्राप्त चारजना विद्यार्थीलाई अतिथिहूरले सम्मान जनाइयो। प्रत्यके वर्ष चारवटा जिल्लाबाट एकएक जना विद्यार्थीलाई पब्लिक स्कूलको निम्ति छात्रवृत्ति प्रदान गरिने गरिन्छ। कार्यक्रममा संगठनका अध्यक्ष शेखर सेवाले संगठनको गतिविधिबारे अवगत गराउँदै राज्यमा वर्तमान सरकारले अनुसूचित जाति समुदायको निम्ति गरेको कार्यहरूको सराहना गर्दै आभार प्रकट गरेका थिए। कार्यक्रममा संगठनको वेबसाइट पनि लोकार्पण गरिएको थियो।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया