सिङताम स्कूल परिसरमा ठूलो रुख ढल्दा धेरै क्षति

सिङ्ताम, 14 अप्रेल। सिङ्ताम सरकारी उच्चत्तर माध्यमिक पाठशाला परिसरमा ठूलो घटना घट्ने सम्भावना हिज सरकारी विदाको कारणले टऱ्यो। हिज रामनवमीको विदाको दिन सिङ्ताम स्कूल परिसरमा एउटा विशाल बुढ़ो रुख ढल्यो। जसले पाठशालाको सुरक्षित बार (फेन्सिङ) –सहित विभिन्न बिरुवाहरु तथा सिढ़ीलाई पनि क्षति पुराएको छ। यो घटना हिज रामनवमीको बिहान लगभग 9 बजी घटेको हो। यदि स्कूलको विदा नभएको भए पाठशाला परिसरमा भयानक, दर्दनाक घटना घट्ने प्रबल सम्भावना थियो। उक्त घटनामा विद्यार्थीहरुसहित शिक्षक-शिक्षिकाहरुको पनि ज्यान-माललाई क्षति पुऱ्याउने थियो। पाठशालाको विदाको दिन परेकोले विद्यार्थी एंव शिक्षक-शिक्षिकाहरुको ज्यान-माल सुरक्षित रह्यो। सिङ्ताम पाठशाला परिसरमा अरु पनि रुखहरु छन् जसलाई सिङ्ताम वन विभागले समयमै काट्नु नितान्त जरुरी देखिन्छ।-नन्दु दुतराज
सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया