राज्यस्तरीय छैंटौं बाल विकास दीक्षान्त समारोह सम्पन्न

सिङताम15अप्रेल। गान्तोक अनि उत्तर जिल्लाको आयोजनामा गान्तोक  बालुवाखानीस्थित श्री सत्य साई सर्व धर्म केन्द्रमा नेपाली नयां वर्ष २०७६ लाई एउटा पर्वकै रुपमा मनाउँदै हिज आइतबार राज्यस्तरीय छैंटौं बाल विकास दीक्षान्त समारोहको आयोजना गरियो। उक्त समारोह प्रत्येक वर्षमा एकपल्ट गरिन्छ। यस समारोह राख्नको मूख्य उदेश्य , बाल विकासका नानीहरुले नौं वर्षसम्म गरेको तपश्याको निम्ति स्वामीको सानिध्यमा प्रमाण पत्र प्रदान गर्नु हो। प्रमाण पत्र प्राप्त संग-संगै प्रत्येक बाल विकास अल्यूमनई नानीहरुद्वारा स्वामीको संसर्गमा रहेर अघाड़ीका जीवनमा साई मिशनलाई लिएर अघि बढ़्ने प्रण गराइन्छ।
कार्यक्रमको शुरुवातमा बाल विकासद्वारा वेदम पाठ अनि राज्य अध्यक्षद्वारा दीप प्रज्ज्वलन गरेर शुभारम्भ गरियो । शैक्षिक शाखाकी राज्य समन्वयीका सुश्री सुशीला खवासले स्वागत जनाइएको एंव राज्य अनि जिल्लाका पदाधिकारिगणद्वारा प्रशान्ति ध्वज उत्तोलन गरियो। वरिष्ठ गुरु श्रीमती अनुका छेत्रीद्वारा २०१८ -मा उत्तीर्ण अल्यूमनई नानीहरुलाई शपथ ग्रहण गराइयो। राभाङ्ग्ला अनि सिंगताम जिल्लाबाट अल्यूमनई छात्र-छात्राद्वारा – “श्री सत्य साई सेवा संगठन के हो र यसको महत्व ”- माथि प्रकाश पारेको उक्त कार्यक्रममा रंगेली अनि नाम्ची जिल्लाबाट भक्ति नृत्य प्रस्तुत गरिएको थियो। यसै गरी दराम्दिन अनि गान्तोक एंव उत्तर जिल्लाका नानीहरुबाट छोटो आध्यात्मिक मूल्यपरक नाटक प्रस्तुत गरेर सबैलाई आनन्दित तुल्याएका थिए। दराम्दिन जिल्लाबाट प्रस्तुत “ समयको महत्व “ – नाटकले समय ईश्वर हो, यसैले समयलाई सदैव ख्याल राख्नु पर्ने र मानव जीवनमा असल कार्य गर्नको निम्ति समय पर्खी बसे सफलता गुमाउन सक्छ भन्ने कुरो यसको ज्ञान थियो। यस नाटकको पात्र सुश्री एकता छेत्री अनि साथीहरु थिए। यसै गरी गान्तोक अनि उत्तरबाट मञ्चन गरिएको नाटकद्वारा – असल कर्मको फल असल नै हुन्छ। मानिस स्वयं नै आफ्नो भाग्यको निर्माता हुन्। आफ्नो भाग्यको जिम्मेवारी हामी स्वयं नै हौं। मानिसले जन्म मरणको चक्रबाट मूक्ति पाउन भगवानमा स्वयं आफूलाई समर्पण गरेको हुन पर्नेछ भन्ने यस नाटकको मूल मन्त्र थियो। त्यस पछिको कार्यक्रममा ६ वटै जिल्लाका एक-एक बाल  विकास अल्यूमनई छात्र-छात्रा द्वारा – “ मेरो नौं वर्षको बाल विकास जीवन यात्रामा, ममा के परिवर्तन आएको अनुभव गर्न सकें “ भन्ने विषयमाथि ५/५ मिनटको वक्तव्य प्रस्तुत गरेका थिए। बाल विकास शिक्षा स्वामीले दिनु भएको एउटा असल पध्दति हो जसको माध्यमद्वारा एउटा नानीको उज्जवल भविष्यको निर्माण हुँदछ। ईश्वर भक्ति, आध्यात्मिक, बौद्धिक अनि मानसिक विकासको साथै मानव जीवनको संघर्षमा हाँसी-हाँसी जीवन धान्न सक्ने सबैको वक्तव्यको मुल अर्थ थियो। प्रत्येक नानीहरुले बड़ो कौशल प्रतिभाका साथ भूमिका निभाउन सकेको प्रत्यक्षदर्शीहरुले अनुभव गरे। रंगेली जिल्लाबाट बाल विकास अभिभावक श्रीमती लक्ष्मी शर्मा अनि नाम्ची जिल्लाबाट अभिभावक श्रीमती भीम कुमारी छेत्रीले आफ्नो नानीहरुलाई नौं वर्षसम्म बाल विकास पठाउनाले  सट्टामा के प्राप्त गर्न सक्नु भयो अनि नानीहरुमा के कस्तो आध्यात्मिक परिवर्तन आउन सक्यो भन्ने कुरामाथि प्रकाश पार्नु भयो।
कार्यक्रमको पछिल्लो चरणमा – नौं वर्षसम्म गरेको घोर तपश्याको फलस्वरुप स्वामीबाट आशिषित प्रमाण-पत्र वितरण गरियो। २०१८ मा सिक्किम राज्यबाट जम्मा १२१ जना बाल विकास सिध्यार्थीहरुले सफलतापूर्वक  उत्तीर्ण गरि प्रमाण-पत्र हासिल गर्न सके। सबै अल्यूमनई छात्र-छात्राहरुलाई स्वामीको सानिध्यमा राज्य अनि जिल्लाका पदाधिकारीगणको बाहूलीबाट खदा अर्पण गरि प्रमाणपत्र हस्तान्तरण गरियो। अन्तमा राज्य अध्यक्ष श्री पूनम प्रधानद्वारा आशिष वचन राख्दै श्री बी. एन. प्रधानद्वारा  मंगल आरती अनि सबैमा विभूति धारण गरि प्रशादम गरेर प्रशान्ति ध्वज उत्तरेर कार्यक्रमलाई समापन गरियो। – नन्दु दुतराज
सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया