चुनाउ प्रचार गर्दै अमरसिंह राई मिरिकमा

मिरिक,१५ अप्रेल: दार्जीलिङ लोकसभा संसदीय क्षेत्रका गोजमुमो समर्थित  तृणमूल  प्रार्थी अमरसिंह राई चुनाव प्रचार प्रसार गर्दै  आज मिरिक आइपुगे। मिरिक सौरेनी क्षेत्रका मोर्चा तृणमूल समर्थकहरूले उनलाई पशुपति फाटकदेखि स्वागत जनाउदै अमर सिंह राई जिन्दावाद भन्ने नाराको साथमा मिरिक लिएर आए भने उनलाई मोर्चा र तृणमूल  नेताहरूले खदार्पण गरी मिरिकमा न्यानो स्वागत जनाए।

प्रार्थी राईले मिरिक जाने क्रममा बाटोमा गोपालधारा सियोगका श्रमिहरूसँग भेट गरी कुराकानी गर्दै चियाश्रमिकहरूको हितमा मुख्यमन्त्रीले घोषणा गरेको सहुलियतहरूको स्मरण गर्दै आफुलाई भोट दिइने आह्वान गरे। यस अवधी उम्मेदवार राईसित गोजमुमो अध्यक्ष बिनय तामाङ , हिल टिएमसि अध्यक्ष एलबि राई मुख्यरूपमा उपस्थित थिए।

रोड शो पछि पत्रकारहरुसित कुराकानी गर्दै उम्मेदवार अमर सिह राईले यस चुनाउलाई आफुले चुनौतीको रूपमा लिएको बताउदै पहाडी जनताले सोचेर भोट हाल्ने अपील गरे। यता गोजमुमो अध्यक्ष  विनय तामाङले चुनाउको निम्ति पार्टी  पूर्णरुपले तयार रहेको बताउँदै अमरसिह राईको जीत निश्चित रहेको मन्तव्य पोखे । अर्कोतिर,  हिल टीएमसी अध्यक्ष एलबी राईले अमरसिह राईको जीत सय प्रतिशत  निश्चित रहेको बताउँदै १९ अप्रेलदेखि दार्जिलिङ पहाडका विपक्षी दलहरूको च्यापटर क्लोज हुने दाबी गरे।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया